default_image

3 years ago

March 14, 2023

पारसको टोलीको सानदार जित

341 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगमा वर्ल्ड जायन्ट्समाथि ३५ रनको सानदार जित हात पारेको छ । लगातार दोस्रो जितपछि शीर्ष स्थान कायमै गरेको छ ।

जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको जायन्ट्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ६४ रन बनायो । उसका लागि क्रिस गेलले १६ बलमा ३ छक्कासहित सर्वाधिक २३ रन बनाए ।

कप्तान आरोन फिन्च २, लेन्डन सिमन्स १४, शेन वाटसन ३ र रस टेलरले ७ रन बनाए । एसियाका लागि कप्तान शाहिद अफ्रिदीले २ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । अब्दुर रजाकले २ ओभरमा १ मेडनसहित २ रन खर्चेर २ विकेट लिए । सोहेल तनविरले एक विकेट लिए ।

त्यसअघि दोहामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एसियाले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ९९ रन बनायो । लायन्सका मिस्बाह उल हक १९ बलमा ४ चौका र ३ छक्कासहित ४४ रनमा अविजित रहेका थिए । मिस्बाह खेलको प्लेयर अफ द म्याच चुनिए ।

तिलकरत्ने दिलशान २४ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा अविजित रहे । चौथो विकेटका लागि मिस्बाह र दिलशानले ६० रनको साझेदारी गरेका थिए । नेपालका पूर्व कप्तान पारस खड्का टोलीको प्लेइङ ११ मा परेपनि ब्याटिङ र बलिङ गर्ने अवसर भने पाएनन् ।

ओपनर उपुल थरंगा एक रनमा रिकार्डो पावेलको बलमा बोल्ड भए । थिसेरा परेरा १० र शाहिद अफ्रिदी २ रनमा आउट भए । अफ्रिदी क्रिस गेलको बलमा ठूलो सट खेल्ने धुनमा केभिन ओ ब्रायनबाट क्याच आउट भए ।

भिजेको आउट फिल्डको कारण निर्धारित समय भन्दा झण्डै तीन घण्टापछि खेल सुरु भएपछि १०।१० ओभरमा खेल झारिएको थियो । एसिया लायन्सले पहिलो खेलमा इन्डिया महाराजसलाई ९ रनले हराएको थियो । अव एसियाले आज राती भारतसँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.