3 years ago
March 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पाचौँ संस्करणको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको तेश्रो दिन ह्योल्मो इलाभेन र पाँचपोखरी भोताङ क्रिकेट टिम विजयी भएका छन् । ह्योल्मो इलाभेनले मेलम्ची नगरपालिकालाई १० विकेटले हरायो । ह्योल्मो इलाभेन बिरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको मेलम्ची नगरपालिकाका १४.५ ओभरमा ४७ रनमा अल आउट भयो ।

उसका कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बाल कृष्ण दुलालले सर्वाधिक ७ रन बनाएका थिए । ह्योल्मो एलाभेनका फुर्पा शेर्पा र नाम्गिल चेतनले तीन तीन विकेट लिए ।
उक्त लक्ष्य ह्योल्मो इलाभेनले ४.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । उसको जितमा विनोद तामाङ १० बलमा ३ चौकासहित २१ र विवेक तामाङ २० बलमा १ चौका र २ छक्कासहित १९ रनमा अविजित रहे । ४ ओभरमा ८ रन दिएर ३ महत्वपूर्ण विकेट लिएकाका ह्योल्मो एलाभेन नाम्गिल चेतन खेलको प्लेयर अफ द म्याच चुनिए ।
त्यस्तै दोश्रो खेलमा पाँचपोखरी भोताङ क्रिकेट टिमले क्रिकेट क्लब बार्हबिसेलाई ५८ रनले हरायो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाँचपोखरी भोताङ क्रिकेट टिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४१ रन बनायो । उसका लागि पासांग दोर्जे तामाङले ६० बलमा ७ चौकासहित सर्वाधिक ६६ रन बनाए ।
पेम्बा सिंह लामाले १८ रन जोडे । रचित आचार्यले ४ ओवरमा २६ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको बार्हबिसे १३.४ ओभरमा ८३ रनमा अल आउट भयो । उसका निराजन खतिवडाले सर्वाधिक २८ रन बनाए । रोमित कर्माचार्यले १५ रन बनाउँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

पाँचपोखरीका करन स्याङ्ग्बोले २.४ ओभरमा १२ रन खर्चेर सर्वाधिक ५ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिए । पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको व्यवस्थापनमा शनिबारबाट सुरु भएको प्रतियोगिता चैत ३ गतेसम्म चल्नेछ । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ७ टिमको सहभागिता छ । प्रतियोगिताको मुख्य प्रायोजक माउन्ट शेर्पा ट्राभल एंड टुरिजम रहेको छ।
प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) ले यस प्रतियोगितामा सफलता हासिल गर्ने सर्वोत्कृष्ट खेलाडीलाई एकवर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]