default_image

3 years ago

March 14, 2023

विश्वकप च्याम्पियन इंग्ल्यान्डमाथि बंगलादेशको क्लिनस्विप

301 views

0 Bookmark

एजेन्सी – साविक टि२० विश्वकप च्याम्पियन इंग्ल्यान्डमाथि घरेलु टोली बंगलादेशले तीन टि२० आई खेलको सिरिज क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम टि२० आई खेलमा बंगलादेशले इंग्ल्यान्डलाई १६ रनले हराउँदै सिरिजमा क्लिनस्विप गरेको हो ।

जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४२ रन बनायो । इंग्ल्यान्डका ओपनर डेविड मलानले ४७ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५३ रन बनाए । जस बटलरले ३१ बलमा ४ चौका र १ छक्कासहित ४० रन बनाए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

मुस्ताफिजुर रहमानको बलमा लिटन दासबाट मलान आउट हुनुअघि इंग्ल्यान्ड १३ ओभरमा १००-१ को बलियो अवस्था थियो । मलान आउट भएको अर्को बलमा बटलर रन आउट भए । त्यसपछि भने बेन डकेट ११, मोईन अली ९ र साम करन ४ रनमा आउट भएपछि पराजित भएको थियो ।

बंगलादेशका तस्किन अहमदल ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । मुस्ताफिजुर रहमान, तनविर इस्लाम र सकिब अल हसनले एक एक विकेट लिए ।

त्यसअघि शेरे बंगला नेशनल स्टेडियम ढाकामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५८ रन बनायो ।

बंगलादेशका लिटन दासले ५७ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७३ रन बनाए । नाज्मुल हसन सान्टो ३६ बलमा १ चौका र २ छक्कासहित ४७ रनमा अविजित रहे ।

रोनी तनदुलकार २४ रन बनाए । इंग्ल्यान्डका आदिल राशिद र क्रिस जोर्डनले एक एक विकेट लिए । यसअघि पहिलो खेलमा बंगलादेश ६ विकेट र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.