default_image

1 year ago

March 14, 2023

भारतविरुद्ध पारस बेन्चमा

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का लेजेन्ड्स लिग क्रिकेट मास्टर्समा इन्डिया महाराजसविरुद्ध एसिया लायन्सको बेन्चमा रहेका छन् । दोहामा रहेको वेस्टइन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा भएको टसमा भारतका गौतम गम्भीरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

एसियाको टोलीमा पारस खड्का बेन्चमा छन् । सुरुवाती दुई खेलमा प्लेइङ ११ मा रहेका पारसलाई एसियाले बेन्चमा राख्दै शोएब अख्तरलाई मौका दिएको छ । नियमित कप्तान शाहिद अफ्रिदी र पारस खड्का आज बेन्चमा छन् । तीव्र गतिका बलर मोहम्मद आमिर र शोएब अख्तरले प्लेइङ ११ मा मौका पाएका छन् । आज कप्तानी मिस्बाहले गर्दैछन् ।

एसिया लगातार तेस्रो जित हात पार्न चाहन्छ । पहिलो खेलमा भारतलाई ९ रनले हराएको थियो । दोस्रो खेलमा वल्र्ड जायन्ट्सलाई ३५ रनले हराएको थियो । लायन्सका पाकिस्तानका पूर्व कप्तान मिस्बाह उल हक उच्च लयमा छन् । जायन्ट्सलाई हराउन मिस्बाहले १९ बलमा ४ चौका र ३ छक्कासहित ४४ रन बनाएका थिए ।

भारतविरुद्ध मिस्बाहले ५० बलमा २ चौका र ४ छक्कासहित ७३ रन जोडेका थिए । दुवै खेलमा मिस्बाह प्लेयर अफ द म्याच चुनिएका थिए । पारस खड्काले भारतविरुद्ध अन्तिम ओभरमा मौका पाउँदै २ बलमा ३ रन बनाएका थिए । जायन्ट्सविरुद्ध टोलीमा रहेपनि १० ओभरको खेल हुँदा ब्याटिङ र बलिङको अवसर पाएका थिएनन् ।

तीन टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ । एसिया २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । जायन्ट्स २ खेलमा १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । भारत भने दुवै खेलमा पराजित हुँदै पुछारमा छ ।

एसियाको प्लेइङ ११ : उपुल थरंगा, तिलकरत्ने दिलशान, मिस्बाह उल हक(कप्तान), अस्गर अफघान, सोहेल तनविर, अब्दुर रजाक, मोहम्मद आमिर, शोएब अख्तर, थिसेरा परेरा, मोहम्मद हफिज र अब्दुल रजाक ।

May 13, 2024

आरसिबिको प्लेअफ सम्भावना कायमै

एजेन्सी – दिल्ली क्यापिटल्स विरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले प्लेअफ सम्भावना कायम राखेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्ली विरुद्ध ४७ रनको जित निकाल्दै आरसिबि प्लेअफ पुग्ने दौडमा जीवित नै रहेको छ । आरसिबिले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा अलआउट हुँदै १४० रन मात्र जोड्न सक्यो । […]

May 12, 2024

सैनिकलाई यू-१६ क्रिकेटको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सैनिक आवासीय महाविद्यालयले जयकुमार नाथ शाह स्मृति यू-१६ अन्तर स्कुल क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ । उपाधिसँगै सैनिकले डेढ लाख रुपैयाँ हात पार्यो । आइतबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा मोक्षदा स्कुललाई १० विकेटले पराजित गर्दै सैनिकले उपाधि जितेको हो । वर्षाले प्रभावित खेलमा सैनिकले जितका लागि ९ ओभरमा […]

May 12, 2024

राजस्थानविरुद्ध जित पछि चेन्नाईको प्लेअफ सम्भावना बलियो

एजेन्सी – राजस्थान रोयल्स विरुद्ध सहज जित दर्ता गरेको चेन्नाई सुपर किंग्सको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ । चेन्नाईको घरेलु मैदानमा भएको खेलमा राजस्थान रोजल विरुद्ध ५ विकेटको जित दर्ता गरेको चेन्नाईले शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ । राजस्थानले दिएको १४२ रनको मध्यम लक्ष्य चेन्नाईले १० बल बाँकी रहँदै ५ विकेट गुमाएर […]

Success

Thank you for your time.