default_image

1 year ago

March 15, 2023

उथप्पाको विष्फोटक ब्याटिङमा भारत १० विकेटले विजयी

63 views

0 Bookmark

एजेन्सी – ओपनर रोविन उथप्पाको विष्फोटक ब्याटिङमा इन्डिया महराजसले लेजेन्ड्स लिग क्रिकेटमा एसिया लायन्सलाई १० विकेटले हराएको छ । योसँगै भारतले लेजेन्ड्स लिगमा पहिलो जित हात पारेको छ।

जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको भारतले १२.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतको जितमा रोविन उथप्पा ३९ बलमा ११ चौका र ५ छक्कासहित ८८ रनमा अविजित रहे । गौतम गम्भीर ३६ बलमा १२ चौकासहित ६१ रनमा अविजित रहे । सोहेल तनविर, मोहम्मद आमिर र शोएब अख्तर जस्ता बलर विकेट विहीन बनेका थिए ।

त्यसअघि दोहामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । एसियाका ओपनर उपुल थरंगा ४८ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६९ रनमा आउट भए । दिलशान तिलकरत्ने ३२, मोहम्मद अफिज २, मिस्बाह उल हक डक र अब्दुल रजाकले २७ रन बनाए ।

भारतका सुरेश रैनाले २ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । स्टुअर्ट बिन्नी, हरभजनसिंह र प्रविन ताम्बले एक एक विकेट लिए । भारत पहिलो खेलमा एसियासँग ९ रन र दोस्रो खेलमा वल्र्ड जायन्ट्ससँग २ रनले पराजित भएको थियो । एसियाले पहिलो खेलमा भारतलाई ९ रन र दोस्रो खेलमा जायन्ट्सलाई ३५ रनले हराएको थियो । एसिया ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ ।

भारत ३ खेलमा २ मा हार र १ मा जितसहित २ अंकका साथ दोस्रो स्थानमा छ । जायन्ट्स २ खेलमा १ मा जित र १ मा हारसहित पुछारमा छ । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई एसियाले सुरुवाती दुई खेलमा मौका दिएपनि तेस्रो खेलमा बेन्चमा राखेको थियो ।

May 13, 2024

आरसिबिको प्लेअफ सम्भावना कायमै

एजेन्सी – दिल्ली क्यापिटल्स विरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले प्लेअफ सम्भावना कायम राखेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्ली विरुद्ध ४७ रनको जित निकाल्दै आरसिबि प्लेअफ पुग्ने दौडमा जीवित नै रहेको छ । आरसिबिले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा अलआउट हुँदै १४० रन मात्र जोड्न सक्यो । […]

May 12, 2024

सैनिकलाई यू-१६ क्रिकेटको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सैनिक आवासीय महाविद्यालयले जयकुमार नाथ शाह स्मृति यू-१६ अन्तर स्कुल क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ । उपाधिसँगै सैनिकले डेढ लाख रुपैयाँ हात पार्यो । आइतबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा मोक्षदा स्कुललाई १० विकेटले पराजित गर्दै सैनिकले उपाधि जितेको हो । वर्षाले प्रभावित खेलमा सैनिकले जितका लागि ९ ओभरमा […]

May 12, 2024

राजस्थानविरुद्ध जित पछि चेन्नाईको प्लेअफ सम्भावना बलियो

एजेन्सी – राजस्थान रोयल्स विरुद्ध सहज जित दर्ता गरेको चेन्नाई सुपर किंग्सको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ । चेन्नाईको घरेलु मैदानमा भएको खेलमा राजस्थान रोजल विरुद्ध ५ विकेटको जित दर्ता गरेको चेन्नाईले शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ । राजस्थानले दिएको १४२ रनको मध्यम लक्ष्य चेन्नाईले १० बल बाँकी रहँदै ५ विकेट गुमाएर […]

Success

Thank you for your time.