default_image

3 years ago

March 15, 2023

नेपालको वरियता सुधार

206 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा नेपालले सुधार गरेको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ।

नेपाल यसअघि १७ औं स्थानमा थियो । नेपालले नामिबियालाई पछि पार्दै १६ औं स्थानमा उक्लिएकोछ । नेपाल भन्दा पछि नामिबिया १७ औं, अमेरिका १८ औं, युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् । नेपाल भन्दा अघि ओमान १५ औं, नेदरल्यान्ड्स १४ औं, जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं स्थानमा छ ।

भारत शीर्ष, अष्टेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ । त्यस्तै पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, अफगानिस्तान नवौं, वेस्टइन्डिज १० औं र आयरल्यान्ड ११ औं स्थानमा छन् ।

टि२० आई वरियतामा भने नेपाल १६ औं स्थानमा यथावत छ । नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पछिल्ला ११ मध्य १० खेल जितेपछि एक महिनामा तीन स्थान सुधार गरि सकेको छ । खेलाडीतर्फको वरियता भने आइसिसीले नयाँ जारी गरेको छैन ।

नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत बिहीबार अन्तिम युएईसँग खेल्दैछ । उक्त खेल जितेमा नेपाल शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछ ।

यदि युएईसँग पराजित भए वा वर्षाको कारण खेल हुन नसके भने नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफ क्वालिफायरमा शीर्ष दुईमा पर्न सके पुनः विश्वकप छनोट खेल्न पाउनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.