default_image

1 year ago

March 15, 2023

युएईविरुद्ध पपुवा न्युगिनीले टस जित्यो

91 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग २ मा आफ्नो अन्तिम खेलमा युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

युएईले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । जुनैद सिद्दिक र कार्तिक मयाप्पनलाई विश्राम दिएको छ । हजरत बिलाल र सिपी रिजवानलाई मैदान उतारेको छ । पिएनजीले सेमो कमिया र हिला भारेलाई बेन्चमा राखेको छ । जोन कारिको गौडी टोकालाई मौका दिएको छ ।

युएई र पपुवा न्युगिनी दुवैले सोझै ओडिआई मान्यता अवसर गुमाई सकेको हुँदा खेल प्रतिष्ठाको लडाईं मात्रै हुनेछ । युएई लिग–२ मा छैटौं र पपुवा न्युगिनी पुछारमा अन्त्य गर्नेछन् । यसै महिना नामिबियामा हुने प्लेअफ क्वालिफायरमा क्यानडा र जर्सीलाई पछि पार्न सके यी दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् । अन्यथा आगमी चार वर्षको लागि ओडिआई मान्यता गुमाउनेछन् ।

युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पिएनजी ३५ खेलमा ५ मा जित र २९ मा हारसहित ११ अंकका साथ पुछारमा छ ।

पिएनजीले जितेको पाँच मध्य चार खेल युएईविरुद्ध छन् । नेपाल भने ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ सिधै ओडिआई मान्यता पाएको छ । बिहीबार युएईलाई हराए सोझै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछ । पराजित भएमा वा कुनै कारण अंक बाँड्नु परेमा भने नेपाले क्वालिफायर खेल्नुपर्ने हुन्छ ।

May 13, 2024

सुदुरपश्चिमको लगातार दोस्रो जित, कोशी पुनः पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कोशीलाई लगातार दोस्रो हार चखाउने क्रममा सुदुरले १९ रनको जित दर्ता गर्यो ।  टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन […]

May 13, 2024

एपिएफको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि ओपनर […]

May 13, 2024

आरसिबिको प्लेअफ सम्भावना कायमै

एजेन्सी – दिल्ली क्यापिटल्स विरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले प्लेअफ सम्भावना कायम राखेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्ली विरुद्ध ४७ रनको जित निकाल्दै आरसिबि प्लेअफ पुग्ने दौडमा जीवित नै रहेको छ । आरसिबिले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा अलआउट हुँदै १४० रन मात्र जोड्न सक्यो । […]

Success

Thank you for your time.