3 years ago
March 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पपुवा न्युगिनीका कप्तान असद भालाले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला थालेको पपुवा न्युगिनीले ३५ ओभरमा ४ विकेट गुमाउँदै १ सय २२ रन बनाएको छ ।

पपुवा न्युगिनीका कप्तान असद भाला ७४ बलमा ५ चौका र १ छक्कासहित ५२ रनमा क्रिजमा छन् । भालाले ७१ बलमा आफ्नो ओडिआई करिअरको १० औं अर्धशतक प्रहार गरेका छन् ।
ओपनर हिरि हिरि तीव्र गतिका बलर हजरत बिलालको बलमा ४ रनमा मोहम्मद वासिमबाट क्याच आउट भए । रोहन मुस्तफाले ओपनर किप्लिङ डोरिगालाई २४ रनमा बोल्ड गरे ।
उनले ६० बलमा ३ चौका प्रहार गरे । हजरत बिलालको बलमा सेसे बाउ ९ रनमा क्याच आउट भए । चाल्स अमिनी बिलालकै बलमा एज लागेर २२ रनमा विकेटकिपर वृत्य अरविन्दबाट क्याच आउट भए । उनले ३ चौका प्रहार गरे ।
युएईले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । जुनैद सिद्दिक र कार्तिक मयाप्पनलाई विश्राम दिएको छ । हजरत बिलाल र सिपी रिजवानलाई मैदान उतारेको छ । पिएनजीले सेमो कमिया र हिला भारेलाई बेन्चमा राखेको छ । जोन कारिको र गौडी टोकालाई मौका दिएको छ ।
युएई र पपुवा न्युगिनी दुवैले सोझै ओडिआई मान्यता अवसर गुमाई सकेको हुँदा खेल प्रतिष्ठाको लडाईं मात्रै हुनेछ । युएई लिग–२ मा छैटौं र पपुवा न्युगिनी पुछारमा अन्त्य गर्नेछन् । यसै महिना नामिबियामा हुने प्लेअफ क्वालिफायरमा क्यानडा र जर्सीलाई पछि पार्न सके यी दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् ।
अन्यथा आगमी चार वर्षको लागि ओडिआई मान्यता गुमाउनेछन् । युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पिएनजी ३५ खेलमा ५ मा जित र २९ मा हारसहित ११ अंकका साथ पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]