3 years ago
March 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नर्मन भानुवा र राइली हेकुरेको उत्कृष्ट अन्त्यसँगै पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग- २ अन्तर्गत आफ्नो अन्तिम खेलमा युएईलाई २ सय ३५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रन बनायो । नर्मन भानुवा ३१ बलमा १ चौका र ५ छक्कासहित ४९ रनमा अविजित रहे । हेकुरे २२ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा रन आउट भए ।
नर्मन भानुवाले ४८ औं ओभरको तेस्रो, चौथो र पाँचौं बलमा जावर फरिदलाई लगातार तीन छक्का हानेका थिए । अन्तिम १६ बलमा पपुवा न्युगिनीले ५ छक्का र ३ चौकासहित ४६ रन बटुलेपछि प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो । पपुवा न्युगिनीका असद भाला ९२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ६५ रन बनाए । भाला लिग-२ मा सर्वाधिक रन बनाउने दोस्रो ब्याटर बन्दै लिग-२ सकाएका छन् ।
लिग-२ मा भालाले ३६ खेल खेल्दा १ शतक र ६ अर्धशतकसहित १ हजार २ सय ९० रन बनाएका छन् । भाला अघि नामिबियाका कप्तान जेरार्ड इरास्मस छन् । इरास्मसले ३४ खेलमा १ शतक र ११ अर्धशतकसहित १ हजार २ सय ९८ रन बनाएका छन् । तेस्रो स्थानमा अमेरिकाका मोनांक पटेल छन् ।

पटेलले ३५ खेलमा २ शतक र ८ अर्धशतकसहित १ हजार २ सय १९ रन बनाएका छन् । भालाको यो ओडिआई करिअरको १० औं अर्धशतक हो । भाला जवार फरिदको बलमा क्याच आउट भएपछि सर्वाधिक रन बनाउने ब्याटरको कीर्तिमान बनाउन चुकेका थिए ।
ओपनर हिरि हिरि तीव्र गतिका बलर हजरत बिलालको बलमा ४ रनमा मोहम्मद वासिमबाट क्याच आउट भए । रोहन मुस्तफाले ओपनर किप्लिङ डोरिगालाई २४ रनमा बोल्ड गरे । उनले ६० बलमा ३ चौका प्रहार गरे । हजरत बिलालको बलमा सेसे बाउ ९ रनमा क्याच आउट भए ।
चौथो विकेटका लागि भाला र अमिनीले ५३ रनको साझेदारी गरेका थिए । चाल्स अमिनी बिलालकै बलमा एज लागेर २२ रनमा विकेटकिपर वृत्य अरविन्दबाट क्याच आउट भए । उनले ३ चौका प्रहार गरे।
युएईका तीव्र गतिका बलर हजरत बिलालले १० ओभरमा ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । रोहन मुस्तफा र जवार फरिदले एक एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]