default_image

3 years ago

March 15, 2023

टियुमा युएईका कप्तानको छक्काको वर्षा

208 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युएईका कप्तान मोहम्मद वासिमले आइसिसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनीले प्रस्तुत गरेको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याउनेक्रममा आक्रामक अर्धशतक प्रहार गरेका छन् ।

वासिमले २९ बलमा २ चौका र ६ छक्कासहित ओडिआई करिअरको तेस्रो अर्धशतक पूरा गरेका हुन् । जितको लागि २ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको युएईले १३ ओभरमा १ विकेट गुमाउँदै ९४ रन बनाएको छ ।

मोहम्मद वासिम ४३ बलमा २ चौका र १० छक्कासहित ७७ रनमा क्रिजमा छन् । वासिमले १३ औं ओभरमा चाल्स अमिनीलाई पहिलो, तेस्रो, चौथो र पाँचौं बलमा छक्का हानेका थिए ।

विष्फोटक ब्याटिङ गर्दै सहज जिततर्फ अघि बढाएका छन् । वृत्य अरविन्द २२ बलमा २ चौकासहित १० रनमा खेलेका छन् । अ‍ोपनर आर्यन लाक्रा भने ४ रनमा आउट भएका थिए ।

त्यसअघि टयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो । नर्मन भानुवा ३१ बलमा १ चौका र ५ छक्कासहित ४९ रनमा अविजित रहे । हेकुरे २२ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा रन आउट भए ।

नर्मन भानुवाले ४८ औं ओभरको तेस्रो, चौथो र पाँचौं बलमा जावर फरिदलाई लगातार तीन छक्का हानेका थिए । अन्तिम १६ बलमा पपुवा न्युगिनीले ५ छक्का र ३ चौकासहित ४६ रन बटुलेपछि प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो ।

पपुवा न्युगिनीका असद भाला ९२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ६५ रन बनाए । युएईका तीव्र गतिका बलर हजरत बिलालले १० ओभरमा ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । रोहन मुस्तफा र जवार फरिदले एक एक विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.