default_image

9 years ago

January 1, 2017

अर्डिकको जितमा सचिनको अर्धशतक

129 views

0 Bookmark

राकेश तिमल्सिना
चितवन– सचिन पौडेलको अर्धशतकीय पारीको मद्दतमा चौथो क्याची एसएसपी कप २०१७ को उद्घाटन खेलमा आइतबार अर्किड कलेज, भरतपुरले भरतपुरकै प्रेसिडेन्सी कलेजलाई ६७ रनले हराएको छ ।

sachin

विशाल चोकस्थित नौ बिगाहा मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको अर्किडले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । जसमा सचिनले ५१ बल खेल्दै सर्वाधिक ६० रन बनाए । कप्तान मन्जिल न्यौपानेले १८, आशिष जिसीले १६ र गौतम केसीले १३ रन जोडे । प्रिसिडेन्सीका विमलले ३ र हरिबाबुले २ विकेट लिए ।

१ सय ४६ रनको लक्ष्य पछ्याएकोे पे्रसिडेन्सी १३.३ ओभरमा अलआउट हुँदै ७८ रन मात्र बनाउन सक्यो । टोलीका कप्तान विश्वास थापाले १० र बिमलले १५ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । प्रेसिडेन्सी लाई कम स्कोरमा रोक्ने क्रममा राजेश लम्सालले ३ र मन्दिपले २ विकेट लिए ।

म्यान अफ द म्याच घोषित अर्किडका सचिनलाई कार्यक्रम संयोजक अनिल अधिकारी र नेवि संघ चितवनका उपाध्यक्ष मित्रनिधि तिवारीले डिटिसीको मोबाइल सेट प्रदान गरे । क्याची एजुकेशन कन्सलटेन्सी मुख्य प्रायोजक रहेको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ ।

क्याची एसएसपी कपमा सोमबारको खेल
कृषि तथा वनविज्ञान कलेज, रामपुरविरुद्ध र प्रेसिडेन्सी कलेज, भरतपुर

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.