default_image

1 year ago

March 15, 2023

युएईमा लगातार ओपनर परिवर्तन

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत बिहीबार युनाइटेड अरव इमिरेट्स (युएई) सँग निर्णायक खेल खेल्दैछ । खेल बिहान ९ः ३० मा टियु मैदानमा हुनेछ।

नेपालले युएईलाई हराउन सके आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउनेछ। यदि पराजित भएमा भने नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । नेपाल युएईलाई हराउँदै सोझै विश्वकप छनोटमा पुग्न चाहन्छ ।

यता युएईले भने प्लेअफ क्वालिफायर खेल्नु पर्ने हुन्छ । युएईले सोझै ओडिआई मान्यता अवसर पनि गुमाएको छ । प्लेअफमा जर्सी र क्यानडालाई पछि पार्न सकेमात्रै पुन ओडिआई मान्यता प्राप्त गर्नेछ । अन्यथा युएईको चार वर्षको लागि ओडिआई मान्यता गुम्नेछ।

युएई शीर्षक्रम ब्याटरमा निर्भरछ । मध्यक्रम र तल्लोक्रम ब्याटिङ सवैभन्दा ठूलो चिन्ताको विषय बन्दै आएको छ । मध्यक्रम सम्हाल्न युएईले फरक फरक ओपनर जोडी मैदान उतार्दै आएको छ । पछिल्लो ९ खेलमा युएईले ७ खेलमा ओपनर जोडी परिवर्तन गरेको छ । चार फरक ओपनर जोडीलाई प्रयोग गरि सकेको छ ।

पछिल्ला ९ खेलमा युएईका कुनैपनि ओपनर जोडीले अर्धशतकीय साझेदारी गर्न सकेका छैनन् । ९ खेलमा एक ओपनरले दुई अर्धशतक र एक शतक हानेका छन् । पछिल्ला तीन खेलमा तीन फरक ओपनर मैदान उतारेकोछ ।

युएईले हरेक खेलमा ब्याटिङक्रम परिवर्तन गर्दै आएको छ । जसको असर प्रदर्शनमा परेको छ । नेपाल पछिल्ला ११ मध्य १० खेलमा ओडिआई खेलमा जित हात पारेको छ । युएईले पछिल्ला ११ खेलमा २ मा मात्रै जित हात पारेको छ । युएईले पछिल्ला ९ खेलमा मैदान उतारेको ओपनर जोडी, उनीहरुको प्रदर्शन, साझेदारी र नतिजा यस प्रकार छ।

९.फेब्रुअरी २३ – नामिबियाविरुद्ध

युएईले ९२ रनको लक्ष्य पछ्याउनेक्रममा घरेलु मैदान दुबईमा मोहम्मद वासिम र वृत्य अरविन्दलाई ओपनरको रुपमा मैदान उतारेको थियो । पहिलो विकेटका लागि यी दुई ओपनरले ४.३ ओभरमा २१ रनको साझेदारी गरेका थिए । वासिम ११ र वृत्य १८ रनमा आउट भएका थिए । युएई उक्त खेलमा १ विकेटले विजयी भएको थियो ।

८.फेब्रुअरी २५ : नामिबियाविरुद्ध

दुबई क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्नेक्रममा युएईले ओपनरमा वासिम र वृत्यलाई निरन्तरता दिएको थियो । पहिलो विकेटका लागि यी दुई ओपनरले १.२ ओभरमा ३ रनको साझेदारी गरेका थिए । वासिम ३ र वृत्य १८ रनमा आउट भएका थिए । युएईले ७ विकेटले हारेको थियो ।

७. फेब्रुअरी २८ : पपुवा न्युगिनीविरुद्ध

दुबईमा पपुवा न्युगिनीविरुद्ध युएईले ओपनरमा वासिम र आर्यन लाक्रालाई गराएको थियो । पहिलो विकेटका लागि ओपनरले ४.३ ओभरमा २६ रनको साझेदारी गरेका थिए । वासिम २४ र लाक्रा ४ रनमा आउट भएका थिए । उक्त खेल युएईले १ सय ३१ रनले हारेको थियो ।

६. मार्च २ नेपालविरुद्ध :

नेपालविरुद्ध पहिलो खेलमा दुबईमा युएईले ओपनरमा आसिफ खान र वासिमलाई मैदान उतारेको थियो । वासिम पहिलो ओभरमै टोलीले खाता नखोल्दै आउट भएका थिए । उक्त खेलमा वासिम शून्य र आसिफ ७२ रनमा आउट भएका थिए । उक्त खेलमा युएई ६८ रनले विजयी भएको थियो ।

५. मार्च ५ : पपुवा न्युगिनीविरुद्ध

मोहम्मद वासिम र वृत्य अरविन्दलाई ओपनरको रुपमा पुन मैदान उतारेको थियो । पहिलो विकेटका लागि वासिम र आसिफले ७.३ ओभरमा २८ रनको साझेदारी गरेका थिए । वासिम १९ र आसिफ ११ रनमा आउट भएका थिए । युएई ५ विकेटले पराजित भएको थियो ।

४. मार्च ६ : नेपालविरुद्ध

नेपालविरुद्ध दोस्रो खेलमा वासिम र आसिफ शेखलाई युएईले ओपनरको रुपमा मैदान तारेको थियो । वासिम दोस्रो बलमै शून्यमा आउट भएका थिए । अर्का ओपनर आसिफ ८२ रनमा आउट भएका थिए । युएई ४२ रनले पराजित भएको थियो ।

३. मार्च १० : पपुवा न्युगिनीविरुद्ध

पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा आसिफ खान र वासिमले पहिलो विकेटका लागि ६.१ ओभरमा ४९ रनको साझेदारी गरेका थिए । वासिम ४१ र आसिफ ११ रनमा आउट भएका थिए । युएई ५६ रनले पराजित भएको थियो।

२. मार्च १२ :नेपालविरुद्ध

नेपालविरुद्ध युएईले ओपनरको रुपमा वृत्य र आसिफ खानलाई मैदान उतारेको थियो । वृत्य टोलीको खाता नखोल्दै पहिलो ओभरको पाँचौं बलमा आउट भएका थिए । आसिफ ६ रनमा आउट भएका थिए । युएई १ सय ७७ रनले पराजित भएको थियो ।
१. मार्च १५ : पपुवा न्युगिनीविरुद्ध

पपुवा न्युगिनीविरुद्ध युएईले वासिम र आयन लाक्रामलाई ओपनरको रुपमा मैदान उतारेको थियो । पहिलो विकेटका लागि लाक्रा र वासिमले ४.२ ओभरमा २४ रनको साझेदारी गरेका थिए । लाक्रा ४ र वासिम १ सय १९ रनमा आउट भए । युएई ६ विकेटले विजयी भएको थियो ।

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

Success

Thank you for your time.