default_image

1 year ago

March 16, 2023

विश्वकप छनोटमा पुग्न नेपालले युएईसँग निर्णायक खेल खेल्दै

97 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा आज युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल बिहान ९ : ३० मा टियु मैदानमा सुरु हुनेछ। घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ।

यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ। वर्षा वा कुनै कारण खेलको नतिजा नआए र अंक बाँड्नु परेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ। नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ।

नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ। कुनै कारण खेल नतिजा विहीन हुँदै अंक बाँड्नु पर्ने अवस्था आए नेपाल र नामिबिया दुवैको ३९–३९ हुनेछ। नामिबिया सर्वाधिक जित प्रतिशतको कारण सोझै विश्वकप छनोटमा पुग्नेछ।

युएई ३५ खेलमा १५ जित र १७ हारसहित ३३ अंकका साथ छैटौं स्थानमा छ। युएईले शीर्ष पाँचमा रहदै सोझै ओडिआई मान्यता अवसर गुमाई सकेकोछ। युएईले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफमा जर्सी र क्यानडालाई पछि पार्न सके आगमी चार वर्षको लागि ओडिआई मान्यता प्राप्त गर्नेछ । अन्यथा युएईको ओडिआई मान्यता गुम्नेछ । युएई जिम्बावेमा हुने विश्वकप छनोट खेल्न प्लेअफमा शीर्ष दुईमा पर्नुपर्ने हुन्छ।

क्वालिफायर प्लेअफमा लिग–२ का पुछारका चार टोली, जर्सी र क्यानडा छन् । जसबाट शीर्ष दुई टोली विश्वकप छनोटमा पुग्नेछन् । नेपाल आफ्नो उच्च लय, मनोबल, घरेलु मैदान र दर्शकको भरपूर्ण फाइदा उठाउँदै युएईलाई हराउँदै सोझै जिम्बावेको टिकट काट्न चाहन्छ।

पहिलो खेलमा नेपालले युएईलाई ७१ रनमा अल आउट भएको थियो । जितको लागि २ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमा अल आउट भएको थियो । नेपालका स्पिनर ललितनारायण राजवंशीले ७.५ ओभरमा २ मेडनसहित २० रन खर्चेर ५ विकेट लिएका थिए । ललित राम्रो लयमा छन् । पपुवा न्युगिनीलाई ९५ रनमा अल आउट गर्न ललितले दुई विकेट लिएका थिए ।

स्पिनर सन्दीप लामिछाने र ललितको आजको खेलमा घातक बन्न सक्छन् । सन्दीपले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ४० खेलमा ९८ विकेट लिएका सन्दीप युएईविरुद्ध दुई विकेट लिए ओडिआई इतिहासमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने खेलाडी हुनेछन् । अफगानिस्तानका राशिद खानले ४४ खेलमा सर्वाधिक छिटो ओडिआईमा १ सय विकेट लिने कीर्तिमान बनाएका थिए ।

नेपालको स्पिन आक्रामण मजबुत छ। तेस्रो स्पिनरमा दीपेन्द्रसिंह ऐरी र चौथो विकल्पमा कुशल मल्ल हुनेछन् । नेपालको तीव्र गतिको बलिङ आक्रामणमा सोमपाल कामी र करण केसी हुनेछन् । नेपाल सोमपाल र करणबाट पावर प्लेमा उत्कृष्ट सुरुवात चाहन्छ ।

पछिल्लो खेलबाट नेपालले टोलीमा कुनै परिवर्तन गर्ने सम्भावना देखिदैन । प्रतिश जि.सी. गुलशन झा र ज्ञानेन्द्र मल्ल बेन्चमा थिए । टोलीमा कुनैपनि स्थान खाली नदेखिदा टोली परिवर्तनको सम्भावना भने देखिदनै । नेपाल कप्तान रोहित पौडेल, आसिफ शेख र भीम सार्कीबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको भूमिका आक्रामक रन जोड्ने हुनेछ । कुशल भुर्तेलले सुरुवात, कुशल मल्लले मध्यक्रम र दीपेन्द्रले अन्त्यमा आक्रामक ब्याटिङ गर्नुपर्ने हुन्छ ।

आसिफ, रोहित, भीम र आरिफको भूमिका ठूलो इनिङ खेल्ने हुनेछ । ब्याटिङमा गहिराई हुँदा विना दबाब खेल्नेछन् । सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने पनि राम्रो ब्याटिङको क्षमता राख्छन् । करणको भूमिका विष्फोटक ब्याटिङ हुनेछ । रोहित नेपालका भरपर्दा र प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन महत्वपूर्ण हुनेछ।

उता युएईको पछिल्लो समय प्रदर्शन सम्झन लायक छैन । युएईले पछिल्ला १२ मध्य २ खेलमा मात्रै जित हात पारेको छ । त्यसैको कारण सोझै ओडिआई मान्यता प्राप्त अवसर गुमाएको छ । युएईको ब्याटिङ शीर्षक्रममा निर्भरछ । कप्तान मोहम्मद वासिमको विकेट चाँडै लिन सके खेलमा पुरै हाबी हुनसक्छ।

वासिमले नेपालसँग खेल्नु अघिल्लो दिन पपुवा न्युगिनीविरुद्ध ७६ बलमा ६ चौका र १२ छक्कासहित १ सय १९ रनको सानदार शतकीय इनिङ खेलेका थिए । विष्फोटक ब्याटिङका लागि चर्चित वासिमको विकेट नेपालको लागि खेलको टर्निङ प्वाइन्ट बन्नसक्छ।

आर्यन लाक्रा, वृत्य अरविन्द, रोहन मुस्तफा र आसिफ खान युएईका ब्याटर हुन् । मुस्तफालाई नेपाली खेलाडीको बारे थाहा छ । आसिफले पछिल्ला तीन मध्य दुई खेलमा नेपालविरुद्ध अर्धशतक प्रहार गरेका थिए । सुरुवातमै नेपालले दुई तीन विकेट लिएको खण्डमा खेलमा पुरै हाबी हुने देखिन्छ । युएईले पछिल्ला ९ खेलमा ४ ओपनर जोडी परिवर्तन गरि सकेको छ।

युएईको तीव्र गतिको बलिङ उत्कृष्ट छ । जहुर खान, जुनैद सिद्धिक र हजरत बिलाल छन् । स्पिनरमा आयन खान, आर्यन लाक्रा र रोहन मुस्तफा हुनेछन् । युएईको बलिङ आक्रामण भने उत्कृष्ट छ।

दुवै टोलीको कमजोरी पक्ष

नेपालको कमजोरी पक्षको रुपमा तीव्र गतिको बलिङ छ । पावर प्ले र डेथ ओभरमा केहि संघर्ष गर्दै आएको छ । नेपालले पावर प्लेमा विकेट लिन सके खेलमा पुरै हाबी हुनसक्छ । किनभने मध्यक्रममा स्पिनर हाबी हुनेछन् । युएईको मध्यक्रम र तल्लोक्रम ब्याटिङ ठूलो कमजोरीको रुपमा रहँदै आएको छ । शीर्ष तीन ब्याटर नचले सस्तैमा अल आउट हुँदै आएको छ।

टोलीमा परिवर्तन ?

नेपालको टोलीमा कुनैपनि परिवर्तनको सम्भावना देखिदैन । युएईले पिएनजीविरुद्ध विश्राम दिएका जुनैद सिद्दिकलाई जवार फरिदको स्थानमा मौका दिने सम्भावना देखिन्छ।

हेड टु हेड :

नेपाल र युएईबीच हालसम्म १२ ओडिआई खेल भएकोछ । जसमा समान ६ खेलमा जित र हार छ । नेपालले पछिल्ला दुवै खेलमा युएईलाई हराएको छ । लिग २ मा पाँच खेल हुँदा युएई ३ र नेपाल २ खेलमा विजयी भएका छन् ।

लगातार ९ खेलमा टियुमा अपराजित नेपाल

नेपालले घरेलु मैदानमा खेलेका पछिल्ला १० खेल मध्य ९ खेलमा जितेको छ । पछिल्ला ९ ओडिआई खेलमा नेपाल टियु मैदानमा पराजित भएको छैन । नेपाल पछिल्लो पटक गत नोभेम्बरमा युएईसँग पहिलो खेलमा ८४ रनले पराजित भएको थियो ।

त्यसपछि उत्कृष्ट पूनरागमनका साथ दुई खेल जितेको थियो । नामिबिया र स्कटल्यान्डसँग चारै खेल जितेको थियो । पपुवा न्युगिनीलाई दुवै खेलमा हराउँदा युएईलाई एक खेलमा हराई सकेको छ । घरेलु टोली नेपाललाई हराउन सहज देखिदैन ।

मौसम :
मौसम पूर्वअनुमान अनुसार आज वर्षाको सम्भावना छैन । न्यूनतम तापक्रम ११ र उच्चतम तापक्रम २३ डिग्री सेल्सियस रहेको छ । बिहान १० : ४५ देखि दिउँसो १ः ४५ सम्म ८ प्रतिशत वर्षा हुनसक्ने सम्भावना छ । ८ प्रतिशत सम्भावनाले वर्षा हुँदैन । त्यसैले वर्षाको सम्भावना देखिदैन ।

टिकट तथा लाइभ :

यस खेलको लागि ११ हजार टिकट विक्री भएको छ । सबै टिकट सकिएको क्यानले जनाएको छ । नेपालमा लाइभ कान्तिपुर टेलिभिजन, विदेशमा फ्यान कोर्ड र आइसिसी टिभीबाट हेर्न सकिनेछ।

नेपालको टोली :
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी।

युएईको टोली :
मोहम्मद वासिम (कप्तान), आयन खान, आर्यन लक्रा, अश्वन्त वल्थापा, आसिफ खान, अर्यांश शर्मा, सिपी रिजवान, हजरत बिलाल, जुनैद सिद्धिक, कार्तिक मयाप्पन, रोहन मुस्तफा, वृत्य अरविन्द, जहुर खान र जवार फरिद ।

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्दै सोझै विश्वकप छनोटमा पुगेको छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३५ खेलमा १५ मा जित र १७ मा हारसहित ३३ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३६ खेलमा ५ मा जित र ३० मा हारसहित ११ अंक जोड्दै पुछारमा रहेर अन्त्य गर्यो ।

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

Success

Thank you for your time.