default_image

1 year ago

March 16, 2023

नेपाललाई पहिलो सफलता, आक्रामक ब्याटिङ गर्दै वासिम

77 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले आइसिसी विश्वकप लिग २ मा निर्णायक खेलमा युएईविरुद्ध पहिलो सफलता दिलाएका छन् ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ४ ओभरमा १ विकेट गुमाउँदै ४१ रन बनाएको छ । युएईका कप्तान मोहम्मद वासिम २६ र वृत्य अरविन्द ५ रनमा क्रिजमा छन् । वासिम १४ बलमा १ चौका र ३ छक्का प्रहार गरेका छन् ।

स्पिनर ललितनारायण राजवंशीले तेस्रो ओभरको पाँचौं बलमा आर्यन लाक्रालाई ६ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । वासिमले बुधबार पपुवा न्युगिनीविरुद्ध ६० बलमा छक्का हानेका थिए । उनले १ सय १९ रनको इनिङ खेल्नेक्रममा ६ चौका र १२ छक्का हानेका थिए ।

नेपालका तीव्र गतिका बलर करण केसीलाई बेन्चमा राखेको छ । करणको स्थानमा गुलशन झालाई मौका दिएकोछ । नेपालले आजको खेलमा प्रतिश जि।सी। ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ । टोलीमा अन्य परिवर्तन छैन । उता युएईले तीव्र गतिका बलर जुनैद्द सिद्दिकलाई मौका दिँदा जवार फरिदलाई बेन्चमा राखेको छ ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.