default_image

3 years ago

March 19, 2023

कुवेतमाथि हङकङको रोमान्चक जित, अंशुमन सर्वोत्कृष्ट

207 views

0 Bookmark

एजेन्सी – हङकङले त्रिकोणात्मक एकदिवसीय अभ्यास खेलको फाइनलमा कुवेतमाथि पाँच रनको रोमान्चक जित हात पार्दै उपाधि जितेको छ । जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको कुवेत ४७.५ ओभरमा २ सय ६३ रनमा अल आउट भयो ।

कुवेतका युवा ब्याटर मिट भावसारले ८० बलमा ३ चौका र २ छक्काहित सर्वाधिक ५९ रन बनाए । सैद मोनिबले २७ बलमा ५ चौका र २ छक्कासहित ४० रन जोडे । बिलाल ताहिरले २९ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाए । कुवेतलाई अन्तिम ४ ओभरमा जितको लागि २१ रन चाहिँदा हातमा दुई विकेट थियो ।

४७ औं ओभरमा आयुश शुक्लालाई शाहरुख कुद्दुसले दुई छक्का हानेपछि २० बलमा ८ रन चाहिँएको थियो । पाँचौं बलमा शाहरुख क्याच आउट भए । ४८ औं ओभरको पाँचौं बलमा इहसान खानले यासिन पटेललाई बोल्ड गर्दै रोमान्चक जित दिलाए ।
हङकङका एहसान खानले ९.५ ओभरमा ३९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । किन्चित शाह र हरुन अर्शदले दुई दुई विकेट लिए ।

त्यसअघि घरेलु टोली हङकङ टस हारेर पहिला ब्याटिङ गर्दै ४९.४ ओभरमा २ सय ६८ रनमा अल आउट भयो । हङकङका बाबर हायतले ७५ बलमा ४ चौका र २ छक्कासहित ६२ रन बनाए ।

अंशुमन रथले ८७ बलमा ४ चौका र २ छक्कासहित ६५ रन बनाए । जिशान अलीले ४४ र कप्तान निजाकत खान १२ रनमा आउट भए । कुवेतका शिराज खानले ७.४ ओभरमा ४२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । मोहम्मद शफिक र यासिन पटेलले दुई दुई विकेट लिए ।

अंशुमन रथ सिरिजका सर्वोत्कृष्ट खेलाडी चुनिए । अंशुमनले कुवेतसँग पहिलो खेलमा ६३ र मलेसियाविरुद्ध १ सय ३० रनको सानदार शतकीय इनि खेलेका थिए । अंशुमन यसअघि चार देश सम्मिलित टि२० आई सिरिजबाट हङकङको टोलीमा फर्किएका हुन् । हङकङका पूर्व कप्तान अंशुमनले भारतबाट खेल्ने सपनाका साथ २०१९ मा हङकङ छाडेका थिए । तर त्यहाँ घरेलु क्रिकेटमा राम्रो गर्न नसकेपछि पुन हङकङ फर्किएका छन् ।

अंशुमन रथको पुनरागमन बारे सम्पूर्ण जानकारी यहाँ पढ्नुहोस् : भारतमा खेल्न नसकेपछि हङकङमै फर्किए अंशुमन रथ

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.