default_image

3 years ago

March 21, 2023

‘नेपाललाई भारतमा र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्छ’– अध्यक्ष चन्द*

278 views

0 Bookmark

*यस लेखमा विश्व प्रसिद्ध क्रिकेट पोर्टल क्रिकबजको भनाइ उदृत गरिएको भएपनि यसबारे अध्यक्ष चन्दले बिसीसीआईका जय शाहसँग मौखिक कुराकानी मात्र भएको बताएका छन् । विस्तृतमा यहाँ पढ्नुहोस ।

पुरानो सामाग्री यसप्रकार थियो :

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाललाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्ने बताएका छन् । आइसिसी विश्वकप लिग २ मा सानदार प्रदर्शनपछि चन्दले क्रिकेटको विश्व चर्चित अनलाइन क्रिकबजसँग कुराकानी गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) को ध्यानाकर्षण गराएका हुन् ।

‘मैले आइसिसी र जय भाई (बिसिसिआई सचिव तथा एसिसी अध्यक्ष जय शाह) लाई भनेको छु । स्कटल्यान्ड र आयरल्यान्डले इंग्ल्यान्डमा खेल्छन् । हाम्रो टोलीलाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्छ । यदि त्यस्तो भयो भने हामी चार वर्षमा टेष्ट खेल्ने राष्ट्र हुनेछौं, चन्दलेले भनेका छन् ।

‘यदि तपाईंले वरपर हेर्नुभयो भने अफगानिस्तानसहित सबै छिमेकी राष्ट्र टेस्ट मान्यता प्राप्त छन् । वास्तवमा नेपाल र अफगानिस्तानसले सँगै खेल्न सुरु गरेका थिए’, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टि देशाईले भने ।

प्रथम श्रेणीको रणजी ट्रफी भारतको सबैभन्दा ठूलो घरेलु क्रिकेट प्रतियोगिता हो । ३८ टोलीले प्रतिस्पर्धा गर्ने रणजी ट्रफी खेल्ने खेलाडीको एक दिनको म्याच फि ६० हजार भारु हुन्छ । प्लेइङ ११ मा नरहेका खेलाडीले ३० हजार भारु म्याच फि पाउँछन् । यसै प्रदर्शनको आधारमा भारतीय टेस्ट टोलीमा बोलाइने गरिन्छ । रणजी ट्रफी विश्व क्रिकेटकै सर्वाधिक लोकप्रिय घरेलु प्रथम श्रेणीमा पर्दछ । भारतका एक दुई प्रमुख खेलाडी बाहेक अन्य सबैले रणजी खेल्ने गर्दछन् ।

भारतमा त्यस्तै टि२० राष्ट्रिय प्रतियोगिताको रुपमा सैद मुश्ताक अली र एकदिवसीय राष्ट्रिय प्रतियोगिताको रुपमा विजय हजारे ट्रफी हुने गर्दछ । यी दुई प्रतियोगिताको प्रदर्शनको आधारमा भारतीय टोली र आइपिएलमा खेलाडीले स्थान बनाउँछन् ।
मोन्टिको मुख्य प्रशिक्षकमा नेपालले १२ मध्य ११ खेल जित्दै आइसिसी विश्वकप लिग २ मा शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको छ ।

त्यस्तै आगमी चार वर्षको लागि ओडिआई मान्यता जोेगाएको छ । मोन्टिको प्रशिक्षकमा फेरिएको नेपाली क्रिकेटले सानदार प्रदर्शन गरेको थियो । विशेषत कमजोर मानिएको ब्याटिङमा दमदार प्रदर्शन गरेको थियो ।

आगामी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोलीको सहभागीता हुनेछ । समूह चरणबाट सुपर सिक्स हुँदै शीर्ष दुईमा पर्न सके अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछ । अप्रिल तेस्रो साता देखि घरेलु मैदान टियु र मुलपानीमा एसिसी प्रिमियर कप हुनेछ । उपाधि जित्न सके नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

*मोन्टि देशाई र चतुरबहादुर चन्दसँग हाम्रो खेलकुदले कुराकानी गर्दा उक्त भनाई चन्दले मौखिक रुपमा मात्र गरेको बुझिएको छ। यसअघि अन्यथा पर्न गएकोमा हामी क्षमाप्रार्थी छौं ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.