default_image

3 years ago

March 23, 2023

सम्झनाको उत्कृष्ट अर्धशतकमा सुदूरको बलियो योगफल

193 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमकी ब्याटर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा ललितपुर मेयर्स-११ लाई १ सय ३८ रनको बलियो लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको थालेको सुदूरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । सुदूरकी सम्झना खड्काले ४५ बलमा ६ चौकासहित सर्वाधिक ५१ रन बनाइन् । उनले ४४ बलमा यस सिजनको ललितपुरमा अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर बनिन् । आक्रामक ब्याटर कविता जोशी २८ बलमा २ चौका र १ छक्कासहित २७ रनमा अविजित रहिन् ।

चौथो विकेटका लागि कविता र सम्झनाले ६७ रनको अविजित साभेदारी गरेका थिए । तीव्र गतिकी बलर सोनी पाख्रिनले चौथो ओभरको पाँचौं बलमा ओपनर विन्दु रावललाई १८ रनमा बोल्ड आउट गरिन् ।

कप्तान विन्दुले १४ बलमा ४ चौका प्रहार गरिन् । कृतिका मरासिनीले १२ औं ओभरको पहिलो बलमा रुबि पोदारलाई २८ रनमा क्याच गराइन् । उनले ३३ बलमा ४ चौका प्रहार गरिन् । रेवति धामी शून्यमा कृतिकाको बलमा एलबीडब्लू आउट भइन् ।

ललितपुरकी कृतिका मरासिनीले ४ ओभरमा १ मेडनसहित २४ रन खर्चेर २ विकेट लिइन् । सोनी पाख्रिनले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिइन् । कप्तान अस्मिना कर्माचार्यले ३ ओभरमा २० रन खर्चिन् । प्रतियोगितामा ५ टोली छन् ।

प्रधामन्त्री कपका चार सेमिफाइनल टोली कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेशसँगै ललितपुर ११ छन् । ललितपुर ११ बाट प्रधानमन्त्री कपमा सेमिफाइनलमा नपुगेका प्रदेशका टोलीबाट टिम निर्माण गरिएको छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.