default_image

3 years ago

March 23, 2023

आयरल्यान्डमाथि बंगलादेशको ऐतिहासिक जित

227 views

0 Bookmark

एजेन्सी – घरेलु टोली बंगलादेशले तेस्रो तथा अन्तिम ओडिआई खेलमा आयरल्यान्डमाथि १० विकेटको ऐतिहासिक जित हात पारेको छ । तीन खेलको सिरिज बंगलादेशले २-० ले जितेको हो ।

जितको लागि १ सय २ रनको सामान्य विजयी लक्ष्य पछ्याएको बंगलादेशले १३.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । यो बंगलादेशले टेस्ट, टि२० आई र ओडिआई कुनैपनि अन्तर्राष्ट्रिय खेलमा १० विकेटको जित हात पारेको पहिलो पटक हो ।

यस अघि ओडिआई र टि२० आईमा ९-९ विकेटको जित थियो । टेस्टमा ८ विकेटको जित थियो । आयरल्यान्डमाथि बंगलादेशले आफ्नो क्रिकेट इतिहासकै ऐतिहासिक जित हात पारेको हो ।

बंगलादेशको जितमा लिटन दास ३८ बलमा १० चौकासहित ५० रनमा अविजित रहे । कप्तान तमिम इकबाल ४१ बलमा ५ चौका र २ छक्कासहित ४१ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड २८.१ ओभरमा १ सय १ रनमा अल आउट भएको थियो । आयरल्यान्डका कर्टिस क्याम्फरले ४८ बलमा ४ चौकासहित सर्वाधिक ३६ रन बनाए । लोर्कान टकरले ३१ बलमा ४ चौकासहित २८ रन बनाए । लज्जास्पद ब्याटिङ गर्नेक्रममा आयरल्यान्डका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बंगलादेशका तीव्र गतिका बलर हसन मोहम्मदले ८.१ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । तस्किन अहमदले १० ओभरमा १ मेडनसहित २६ रन खर्चेर ३ विकेट लिए । एबादोत हसनले दुई विकेट लिए ।

पहिलो खेलमा बंगलादेश १ सय ८३ रनले विजयी हुँदा दोस्रो खेल बर्षाको कारण रद्ध भएको थियो । बंगलादेश र आयरल्यान्डबीच अव तीन टि२० आई र एक टेस्ट खेल हुनेछ । पहिलो टि२० आई खेल २७ मार्च, दोस्रो खेल २९ मार्च र तेस्रो खेल ३१ मार्चमा हुनेछ । एकमात्रै टेस्ट खेल ४ अप्रिलदेखि सुरुहुनेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.