default_image

1 year ago

March 24, 2023

कोशीको विजयी सुरुवात

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा ललितपुर मेयर्स ११ लाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि ६६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कोशीले १२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कोशीको जितमा अप्सरी बेगम ३२ बलमा ४ चौकासहित २९ रनमा अविजित रहिन् । लखिता राजवंशी १ रनमा अविजित रहिन् ।

इनिङको पहिलो बलमै कप्तान अश्मिना कर्माचार्यले ओपनर काजल श्रेष्ठलाई शून्यमा एलबीडब्लू आउट गरेकी थिइन् । अस्मिनाले नै कप्तान रुविना क्षेत्री बेलबासेलाई १३ रनमा बोल्ड गरिन् ।

रुविनाले १८ बलमा २ चौका प्रहार गरिन् । स्मृति कटवाल ९ रनमा कृतिका मरासिनीको बलमा कट एण्ड बोल्ड भइन् । उनले १४ बलमा २ चौका प्रहार गरिन् । अश्मिना कर्माचार्यले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । कृतिका मरासिनीले २ ओभरमा ९ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको ललितपुर १६.५ ओभरमा ६५ रनमा अल आउट भएको थियो । ओपनर लक्ष्मी चौधरीले ३२ बलमा ३ चौकासहित सर्वाधिक २३ रन बनाइन् । ११ औं नम्बरकी ब्याटर मनिषा उपाध्यय ८ बलमा १ चौकासहित १० रनमा अविजित रहिन् ।

ललितपुरका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर कञ्चन श्रेष्ठ १, सोनी पाख्रिन ६, हेलिसा गुरुङ ७, सृष्टी पौडेल १, अस्मिना कर्माचार्य र खुशी डंगोलले खाता खोल्न सकेनन् । त्यस्तै रञ्जु श्रेष्ठ १, सुजिता थापा ४ र कृतिका मरासिनी ३ रनमा आउट भइन् ।

कोशीको लागि निशा शाहले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् । अप्सरी बेगमले २ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । सबनम राई र एलिसा खडियाले एक एक विकेट लिइन् ।

आजको पहिलो खेलमा नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई १५ रनले हराएको थियो । ललितपुर पहिलो खेलमा सुदूरसँग ५१ रनले पराजित भएको थियो । शनिबार मधेशले सुदूरपश्चिमसँग पहिलो खेल खेल्नेछ । कोशीले नेपाल एपिएफ क्लबसँग दोस्रो खेल खेल्नेछ ।

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.