default_image

1 year ago

March 24, 2023

‘महिला क्रिकेटबाट आशा राख्न सुविधा पनि दिनुपर्छ’-कप्तान रुविना

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले आफूहरुबाट आशा राख्न त्यसै अनुसारको सेवा सुविधापनि दिनुपर्ने बताएकी छिन् । शुक्रबार ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा कोशी प्रदेशले ललितपुर मेयर्स-११ लाई पराजित गरेपछि रुविनाले उक्त प्रतिक्रिया दिएकी हुन् ।

गत असोजमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल पुलिस क्लबले महिला क्रिकेट टोली निर्माण गरेको थियो । रुविनाको कप्तानीमा उक्त टोलीले नेपाल एपिएफ क्लबलाई हराउँदै उपाधि जितेको थियो । त्यसपछि भने पुलिसले टिम निर्माण गरेन । क्यानले आफूहरुको बजेट कम भएको र पहिला नै जानकारी नदिएको भन्दै प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता खेल्न नदिएपछि पुन खेलाडी प्रदेशका टोलीमा फर्किएका थिए ।

एपिएफ बाहेक नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले महिला टिम भने निर्माण गरेका छैनन् । पुलिसले नवौंमा टिम निर्माण गरेपछि आर्मीले पनि बनाउन सक्ने अपेक्षा गरिएको थियो । तर पुलिसनै पछि हट्योे । रुविना यसमा कसको गल्ती आफूलाई नै थाहा नभएको बताउँछिन् ।

‘अव हामीलाई को पछि हटेको र कस्ले नगरेको अझै पूर्ण जानकारी छैन । पुलिसबाट निर्धारित केहि आवश्यकता पूरा नभएको हुँदा क्यानले सुरक्षा नभएको हुँदा त्यो नलिने भन्नु भएको रहेछ । हुन पनि हो जागिर सुरक्षा नभएको अवस्थामा, कन्ट्राक्ट (सम्झौंता) मा खेलाडी नलिएको खण्डमा क्यान अभिभावक भएको नाताले प्रश्न गर्न पाउनुहुन्छ । त्यो उत्तर नआउँदा हाम्रो खेलाडीलाई त्यसै खेलाउन दिदैनौं भनेर वहाँहरुको सोच स्पष्ट हो । उताबाट कस्तो जवाफ आयो अहिलेसम्म हामीलाई थाहा छैन’, उनले भनिन् ।


क्यानले महिला खेलाडीलाई मासिक सी, बी र ए ग्रेडकालाई क्रमशः १५, १८ र २१ हजार प्रदान गर्दै आएको छ । पहिला १८ भएपनि अहिले १२ मा झारेको छ । यो अवस्थामा विभागीय टोली निकै आवश्यक देखिन्छ ।

‘अव हामीले एउटा विभाग भई सकेपछि अर्को ठाउँबाट पनि पैसा आउने हुन्छ । अव हाम्रो सम्झौताको १२ जनाले मात्रै पाउँछ । त्यो बाहेकको खेलाडीलाई कसरी सुरक्षित गर्नेत । । विभागीय टोलीले लिनु भयो भने मात्रै हाम्रो अलिकति सुरक्षा हुन्छ । न हाम्रो प्रायोजनछ । न कसैले साथ दिनेवाला छ’, रुविनाले भनिन् ।

त्यस्तैमा रुविनाले थपिन्, ‘भित्रभित्र धेरैनै समस्या छ । त्यसले मानसिक रुपमा हामीले कसरी जुधेका छौं हामीलाई मात्रै थाहा छ । हामी बाहेक अरु कसैलाई थाहा हुँदैन । सबैले देख्छ । आइ राखेको छ । खेलि राखेको छ । खुसीनै होला राम्रो नै होला । तर विहान देखि बेलुका सम्म एक एक क्षण हामीलाई थाहा छ । कसरी गुजार्न पर्छ । त्यो सबै कुरा हामीलाई एकदमै गाह्रो हुन्छ ।’

रुविना अव के हेरेर क्रिकेट खेल्ने प्रश्न उठ्ने अवस्था आएको बताउँछिन् । ‘आगमी पुस्ताहरुलाई पनि अव के हेरेर क्रिकेट खेल्ने भन्ने भएको होला । आशा गरौं क्यानसँग कुरा गर्दा हामीलाई खेल दिन्छौं भन्नु भएको छ । वुमन्स लिगको पनि कुरा गर्नु भएको छ । त्यो सकरात्मक पक्ष हो । त्यो भयो भने महिला क्रिकेट सुरक्षित हुन्छ । महिला खेलाडीलाई मानसिक रुपमा दबाब छ’, उनले भनिन् ।

पुरुष खेलाडीमा यू१९ टोलीमा प्रदर्शन गर्दा नै विभागमा लैजान प्रतिस्पर्धा हुन्छ । तर महिला क्रिकेटमा दशक भन्दाबढी समय देखि लगातार राम्रो प्रदर्शन गर्दापनि रुविना लगायतका खेलाडी जान सकेका छैनन् । पुरुष क्रिकेटलाई ध्यान दिएर विभागले महिला क्रिकेटलाई नित्साहित गरेको देखिन्छ ।

‘हामीले धेरै अगाडि देखि प्रयास गरेको हो विभागको अरु दुई वटापनि टोली होस् भनेर । विभाग मात्रै होईन । केटाहरुको फ्रेन्चाइज लिगमा ५-६ लाखमा बिक्री हुने । केटिहरुलाई ५०-६० हजार दिन पनि एकदमै गाह्रो हुने । हामी कसरी संघर्ष गरेर वहाँसम्म बसेका छौं त्यो पनि त हेर्नुपर्यो नि । कुनै बैंकलाई ब्राण्ड एम्बाडरसको कुरा गर्दा पछि हटिनै हाल्छ । रकममा फरक परि राखेको हुन्छ । एम्बाडसरमा लिँदा पनि एकदमै कम रकममा त लिन भएन नि’, उनले भनिन् ।

रुबिना आफूहरु जहाँ जादापनि निराश हुने बताउँछिन् । ‘जहाँ जादा पनि हामीलाई निराश नै हुन्छ । त्यस्तो गर्दा हामीलाई वहाँ बसेर के पायौं र के गर्यौ भन्ने प्रश्न पनि दिमागमा आउँछ । अव त हामी यो क्रिकेट छाडेर अर्को क्षेत्रमा जाने बेला पनि भएको छ । अहिले सम्म म १२ वर्ष खेलेर भर्खर एउटा घर बनाउन बल्लतल्ल कोसिस गरेको छु । यसअघि भाडामा बसेर खेलेको मान्छे । घर बनाउन संघर्ष गरि राखेको छु । आफ्नो परिवार त एउटा सुरक्षाको हिसाबले त राख्न पर्यो’, उनले भनिन् ।

त्यसैमा थपिन्, ‘भन्दा खेरि पो राष्ट्रिय टिमको कप्तान । यो होला त्यो होला भन्ने मान्छेलाई हुन्छ । हामीले कसरी चलि राखेका छौं उनीहरुलाई थाहा हुँदैन । हामीले यति सुविधामा जति दिनुपर्ने हो त्यो भन्दा धेरै दिएका छौं । अपेक्षा तव राख्नु जव हामीलाई धेरै सुविधा छ । नभएको खण्डमा हामी जति सक्छौं त्यतिनै दिने हो ।’

टियुमा महिला क्रिकेट बिलरै हुन्छ । प्रधानमन्त्री कप काठमाडौं बाहिर हुँदै आएको छ । काठमाडौं बाहिर महिला क्रिकेट हेर्न दर्शक आउँछन् । तर काठमाडौंको टियु मैदानमा भने दर्शक आउँदैनन् । रुविना आफूहरुले प्रदर्शन देखाउन नसकेको बताउँछिन् ।

‘अव बोलाउन पनि कसरी । वहाँहरुलाई खेलाडी हेर्न आउन पहिला चिन्न पनि पर्यो । हामीले आफूलाई स्थापित पनि गर्न सकेका छैनौं । हामी खेलेको लाइभ हुन लागेको २०१९ देखि क्यान आएपछि हो । त्यो भन्दा अघि हामी खेल्थ्यौं । एउटा न्युज पेपरमा कसैलाई वास्तानै हुने थिएन । हामीसँग स्थापित खेलाडी नहुँदा पनि वहाँ खेल हुँदैछ भनेर थाहा पनि छैन होला के । मैले के अनुभव गरेको छु भने नामले आउने हो’, रुविनाले भनिन् ।

त्यसैमा उनले थपिन्, ‘यो आउँदैछ । त्यो खेल्दैछ भन्ने हुन्छ । अव हामीसँग दुई तीन जना चिनेको खेलाडी छ । जसलाई चिन्नुहुन्छ । त्यस्मा हामीले काम गर्नुपर्छ । त्यसमा हाम्रो गल्ती हो । तीन वर्षदेखि लाइभ भएको छ । हामीले के प्रदर्शन गरेका छौं भन्ने हो । जति हामी राम्रो खेलेर न्युजमा आउने हो त्यतिनै मान्छेलाई हुँदैछ भनेर थाहा हुन्छ ।’

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.