default_image

1 year ago

March 24, 2023

‘अरुलाई मौका भन्दापनि आफैंलाई नेपालको ओपनरमा फर्किनु छ’– सीता

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी कप्तान सीता रानामगरले अरुलाई मौका नदिएको भन्दा पनि आफैंलाई नेपालमा ओपनरको रुपमा फर्किनु पर्ने बताएकी छिन् । ललितपुर मयर्स वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा एपिएफको लगातार दुई जितमा दुबैमा प्लेयर अफ द म्याच चुनिएपछि सीताले उक्त प्रतिक्रिया दिएकी हुन् ।

एपिएफले पहिलो खेलमा मधेश प्रदेशलाई १० विकेट र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई १५ रनले हरायो । दुवै खेलमा सीताले उत्कृष्ट ब्याटिङका साथ प्लेयर अफ द म्याच चुनिन् ।

‘हामीले ब्याटिङ गर्दा १ सय २० माथि गर्नुपर्छ भन्ने नै थियो । किनभने सुदूरपश्चिमको ब्याटिङ एकदमै राम्रोछ । पछिल्लो प्रधानमन्त्री कपमा हामीले ९१ रन बनाउँदा उनीहरुले सहजै पूरा गरेका थिए । हामीले १ सय २० को नै लक्ष्य बनाएर गएका थियौं’, सीताले जितपछि भनिन् ।

सुरुमा कविता कुँवरले दुई ओभर मेडन राखेकी थिइन् । सीता विकेट बचाएर खेल्न खोजेको बताउँछिन् । ‘खासमा म टिके भने रन हुन्छ भन्ने थियो । एक इनिङबाट मलाई सम्हालिनु पर्ने थियो । डट नै गएपनि पछि रिकभर गर्न सकिन्छ भनेर १० ओभर म खेल्नै पर्ने भनेर गएको थिए । डट खादा पनि सम्हाल्ले रै खेलेको हो,’ उनले भनिन् ।

सीता पहिलो खेलमा मधेशसँग ४५ रन र दोस्रो खेलमा ५२ रनमा अविजित रहिन् । दुबै खेलमा नट आउट रहेकी सीता करिअरको उत्कृष्ट लयमा देखिएकी छिन् ।

‘यत्रो मिहिनेत गर्दा गर्दै पनि आउटकम आई राखेको छैन । हाम्रोमा एउटा दुईवटा प्रतियोगिता हुन्छ । यहि खेल खेलेर मात्रै अन्तर्राष्ट्रियको लागि पनि आत्माविश्वास बढाउनुपर्छ । त्यो हुँदा पनि लयमा हुँदै राम्रो खेल्नुपर्छ भन्नेर केन्द्रित गरि राखेको छु’, उनले भनिन् ।

सीताले आफूलाई नेपालको ओपनरको रुपमा फर्किन राम्रो प्रदर्शन गर्नुपर्ने बताइन् । ‘मैले अरुलाई मौका नदिने भन्दापनि आफैंले पनि राष्ट्रिय टिममा लड्नुपर्ने छ । यसअघि मैले राष्ट्रिय टोलीबाट ओपनिङ पनि गर्न पाइँन । मलाई लाग्छ मैले घरेलु प्रतियोगितामा अरुलाई मौका दिदा त्यो हिसाबले पनि राष्ट्रिय टिममा ओपनिङ गर्न पाएन । राष्ट्रिय टिममा म कसरी ओपनिङ आउने भन्ने ले नै ओपनिङ खेलेको हो’, सीताले भनिन् ।

उमेर बढ्दै गएपछि खेलाडीहरुको प्रदर्शन घट्दै जान्छ । तर सीताले भने झन् राम्रो प्रदर्शन गर्दै गएकी छिन् । सीता आफूले खेल्न सम्म राम्रो गर्ने बताउँछिन् । ‘म जति खेल्छु राम्रो नै खेल्छु भनेर अभ्यास गई राखेको छु । एक पटक होईन दुई पटक दिनमा गएको छु । जति खेल्छु राम्रो भएर खेलम भन्ने भएको छ । किन अरुलाई भन्ने बाटो देउ भनेर जसरी हुन्छ म राम्रो खेल्नुपर्छ भनेर खेलेको हो’, उनले भनिन् ।

एपिएफले शनिबार दिउँसो दोस्रो खेलमा कोशी प्रदेशसँग खेल्नेछ । पाँच टोली सहभागी प्रतियोगिता चैत १६ सम्म टियु मैदानमा चल्नेछ । प्रतियोगितामा कोशी, एपिएफ, मधेश, सुदूरपश्चिम र ललितपुर-११ छन् ।

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.