default_image

1 year ago

March 24, 2023

वोंगको ऐतिहासिक ह्याट्रिकसँगै मुम्बई फाइनलमा

105 views

0 Bookmark

एजेन्सी – तीव्र गतिकी बलर इस्सी वोंगको ऐतिहासिक ह्याट्रिकमा मुम्बई इन्डियन्सले पहिलो संस्करणको वुमन्स प्रिमियर लिगको एलिमिनेटर खेलमा युपी वारियर्सलाई ७२ रनले हराउँदै फाइनलमा पुगेको छ । योसँगै उपाधिको लागि मुम्बईले दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

जितको लागि १ सय ८३ रनको विशाल विजयी लक्ष्य पछ्याएको युपी १७.४ ओभरमा १ सय १० रनमा अल आउट भयो । युपीकी किरण नवगिरेले २७ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रन बनाइन् । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

वाेंगले १३ औं ओभरमा डब्लूपिएल इतिहासकै पहिलो ह्याट्रिक लिने खेलाडीको कीर्तिमान कायम गरेकी छिन् । वोंगले १३ औं ओभरको दोस्रो बलमा किरणलाई डिप मिडविकेटमा ब्रन्टबाट क्याच गराएकी थिइन् ।

तेस्रो बलमा स्रिमन शैखलाई बोल्ड गरिन् । चौथो बलमा सोफी एक्लेस्टोनलाई बोल्डै गर्दै डब्लूपिएलमा ह्याट्रिक लिने पहिलो खेलाडी बनेकी थिइन् । मुम्बईकी इस्सी वोंगले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिइन् । सिका इशाकले दुई विकेट लिइन् ।

त्यसअघि डिआई पाटिल स्पोर्ट्स एकेडेमीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । मुम्बईको जितमा नाट स्काभर ब्रन्टले ३८ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७२ रनमा अविजित रहिन् । पुजा ४ बलमा १ चौका र १ छक्कासहित ११ रनमा अविजित रहिन् ।

ओपनर यस्तिका भाटिया २१, हेली म्याथ्युज २६ र कप्तान हरमनप्रीत कौर १४ र अमेलिया केर १९ बलमा ५ चौकासहित २९ रनमा आउट भइन् । युपीकी सोफी एक्लेसटोनले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिइन् । दिल्ली शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको थियो । फाइनल आइतबार हुनेछ ।

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.