default_image

3 years ago

March 25, 2023

दक्षिण अफ्रिकामाथि वेस्टइन्डिजको सानदार जित

169 views

0 Bookmark

एजेन्सी – कप्तान रोभम्यान पावेलको उत्कृष्ट ब्याटिङमा वेस्टइन्डिजले पहिलो टि२० आई खेलमा घरेलु टोली दक्षिण अफ्रिकामाथि तीन विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा वेस्टइन्डिजले १(० को अग्रता लिएकोछ ।

जितको लागि १ सय ३२ रनको बलियो विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १०.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । वर्षाको कारण खेल ढिलो सुरु हुँदा ११-११ ओभरमा झारिएको थियो । कप्तान रोभम्यान पावेल १८ बलमा १ चौका र५ छक्कासहित ४३ रनमा अविजित रहे ।

ओपनर ब्रेन्डन किंगले ८ बलमा २ चौका र २ छक्कासहित २३ रनको आक्रामक सुरुवात दिलाएका थिए । उनी सिसान्डा मगलाको बलमा बोल्ड भए । ओपनर काइल मेयर्स ६ रनमै आउट भएका थिए । जोनसन चाल्र्स १४ बलमा १ चौका र ३ छक्कासहित २८ रनमा आउट भए ।

निकोलस पुरन ७ बलमा ३ चौकासहित १६ रनमा आउट भएका थिए । दक्षिण अफ्रिकाका सिसान्डा मगलाले २ ओभरमा २१ रन खर्चेर ३ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । तबरेज शम्सी र एनरिच नोर्कियाले एक एक विकेट लिए ।

त्यसअघि सुपर स्पोर्ट्स पार्क सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ११ ओभरमा ८ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो । दक्षिण अफ्रिकाका डेविड मिलर २२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४८ रनमा आउट भए ।

सिसान्डा मगला ५ बलमा १ चौका र २ छक्कासहित १८ रनमा अविजित रहे । ओपनर क्विन्टन डि कक रोयल डक आउट, रिजा हेन्डिक्स २१, राइली रोसोउ १० र कप्तान एडेन माक्ररम १४ रनमा आउट भए ।

वेस्टइन्डिजका शेल्डन कटरेलले ३ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । ओडेन स्मिथले २ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । अकिल हुसैन, अल्जारी जोशेफ र रोमारियो शेफर्डले एक एक विकेट लिए । दोस्रो खेल आइतबार र तेस्रो खेल मंगलबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.