default_image

1 year ago

March 26, 2023

क्वालिफायर प्लेअफमा आज अमेरिका र नामिबिया भिड्दै

64 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप क्वालिफायर प्लेअफको पहिलो खेलमा आज घरेलु टोली नामिबियाले अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : १५ मा सुरु हुनेछ । विन्डोकमा हुने खेलमा नामिबियाको जेरार्ड इरास्मस र अमेरिकाको मोनांक पटेलले कप्तानी गर्नेछन् ।

आइसिसी विश्वकप लिग २ मा नेपाल, स्कटल्यान्ड र ओमान शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका थिए । नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफ खेलेका थिए । प्लेअफमा लिग २ का पुछारका चार टोलीसँगै च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा गरि कुल ६ टोली छन् ।

सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जुन १८ देखि ९ जुलाईसम्म जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । यो अन्तिम अवसर समेत हो । त्यस्तै पुछारका दुई टोली यूएई र पिएनजीले भने प्लेअफमार्फत ओडिआइ मान्यता जोगाउनु पर्नेछ । विश्वकप छनोटको प्लेअफ प्रतियोगिताले यूएई र पिएनजीसँगै च्यालेन्ज लिगबाट माथि आएका जर्सी र क्यानडाको आगामी चार वर्षको भविष्य निर्धारण गर्नेछ ।

प्लेअफ प्रतियोगिताका सबै खेल ओडिआइ मान्यता प्राप्त हुनेछन् । विश्वकप छनोटको प्लेअफमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउनेछ । जहाँ यी टोलीले सुपर लिगको पुछारका ५ टोली र लिग-२ को शीर्ष ३ टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।

यसबाहेक प्लेअफमा अमेरिका र नामिबियाले जुनसुकै स्थान हासिल गरेपनि ओडिआइ मान्यता जोगाइसकेका छन् । तर यूएई र पिएनजीले ओडीआइ मान्यता जोगाउने हो भने क्यानडा र जर्सीभन्दा माथि रहेर लिगको अन्त्य गर्नुपर्नेछ ।

प्लेअफका खेलमा यी चार टोलीबीचको नतिजाले अर्को वर्ष लिग-२ र च्यालेन्ज लिग खेल्ने टोलीको छिनोफानो हुनेछ । यी चार टोलीबीच नतिजाको अंक गणना अनुसार शीर्ष २ मा रहने टोलीले ४ वर्षका लागि ओडीआइ मान्यता जोगाउँदै लिग-२ खेल्नेछ । पुछारका दुई टोली भने च्यालेन्ज लिगमा झर्नेछन् । अर्को पटक देखि लिग २ मा ८ टोली हुनेछन् । नेदरल्यान्ड्स पनि अव लिग २ नै खेल्नेछ ।

लिग २ मा नामिबियाले अमेरिकासँग खेलेका ६ मध्य ४ खेलमा जित हात पारेको थियो । नामिबिया घरेलु मैदान र कन्डिसनको भरपूर्ण फाइदा उठाउन चाहन्छ । कप्तान जेरार्डको प्रदर्शन महत्वपूर्ण हुनेछ । लिग २ मा जेरार्डले ३४ खेलमा १ शतक र ११ अर्धशतकसहित कुल १ हजार २ सय ९८ रनका साथ शीर्ष स्थानमा थिए । जेरार्डसँगै राम्रो लयमा रहेका माइकल भान लिंगेन, जान निकोल लोफ्टी र कार्ल बिक्रेनस्टोकको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

डेविड विजा र जेजे स्मित टोलीमा नहुँदा केहि घाटा हुनेछ । तर तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यान घातक बन्न सक्छ । उता अमोरिकामा मोनांक पटेल र आरोन जोन्स प्रमुख ब्याटर हुन् । मोनांकले लिग २ मा २ शतक र ८ अर्धशतकसहित कुल १ हजार २ सय १९ रन बनाएका थिए । जोन्सले १ शतक र ८ अर्धशतकसहित १ हजार १ सय ८४ रन जोडेका थिए ।

स्टिभ टेलर आक्रामक ओपनर हुन् । उनी पनि राम्रो लयमा छन् । स्टिभ टेलर शुसान्त मोदानी र गजानन्द सिंह पनि राम्रो ब्याटिङ गर्दै आएका छन् । अलि खान र सौरभ नेत्रवालकर प्रमुख बलर हुन् । पछिल्ला पाँच खेलमा नामिबिया एक खेलमा मात्रै अमेरिकासँग पराजित भएको थियो ।

May 19, 2024

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

एजेन्सी – लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) को तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब विरुद्ध ४ विकेटको जित दर्ता गर्दै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २१५ रनको विशाल लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । हैदराबादका लागि अभिषेक […]

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

Success

Thank you for your time.