default_image

3 years ago

March 29, 2023

प्रिमियर कपको लागि नेपालको २१ सदस्य टोली घोषणा

281 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अर्को महिना घरेलु मैदान टियु र मुलपानीमा हुने एसिसी प्रिमियर कपको लागि कप्तान रोहित पौडेलको कप्तानीमा २१ सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ । घोषणा टोलीमा युवा ब्याटर देव खनाल टोलीमा फर्किएका छन् । देव भदौंपछि नेपाली सिनियर टोलीमा फर्किएका हुन् ।

अर्जुन साउदलाई पनि नेपालले समेटेको छ । टोलीमा अन्य भने परिवर्तन छैन । देव खनालले नेपाललाई यू१९ विश्वकपमा पुर्याउन सानदार प्रदर्शन गरेका थिए । नेपालले आइसिसी विश्वकप लिग २ मा सानदार प्रदर्शनपछि खेलाडीलाई १५ दिन बिदा दिएको थियो ।

मुख्य प्रशिक्षक मोन्टी देशाईपनि भारत गएका थिए । मोन्टी शनिबार नेपाल आइपुग्नेछन् । नेपालले लिग २ मा पछिल्ला १२ मध्य ११ खेलमा जितका साथ ओडिआई मान्यता जोगाउनुको साथै आगमी जिम्बावेमा हुने जुन जुलाईमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाएको थियो ।

प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म (अप्रिल १८ देखि १ मे) सम्म हुने भएको छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । नेपालले तीन खेल टियुमा खेल्दा एक खेल मुलपानीमा खेल्नु पर्ने भएको छ । नेपालले मुलपानीमा साउदी अरेवियासँग वैशाख ११ (अप्रिल २४मा) खेल्नेछ ।

नेपालले पहिलो खेल वैशाख ५ (अप्रिल १८ मा) मलेसियासँग टियु क्रिकेट मैदानमा खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गते (अप्रिल २१ मा) ओमानसँग टियुमा खेल्नेछ । नेपाल र ओमानबीचको ओडिआई मान्यता हुनेछ । नेपाल र ओमानबीचको खेलले समूह एको विजेता निर्धारण गर्न सक्ने अनुमान गरिएको छ ।

नेपालले वैशाख ११ मा (२४ अप्रिल मा) साउदी अरेवियासँग मुलपानीमा खेल्नेछ । नेपालले वैशाख १४ मा (अप्रिल २७ मा) कतारसँग टियुमा खेल्नेछ । सेमिफाइनल वैशाख १६ गते (अप्रिल २९ मा) हुनेछ । फाइनल वैशाख १८ गते (मे१ मा) टियुमा हुनेछ । यदि फाइनलमा पानी परेको खण्डमा एक दिन रिजरर्भ डे राखिएको छ । तेस्रो स्थानको लागि अप्रिल ३० मा प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । सबै खेल बिहान ९:३० मा टियु मैदानमा हुनेछ । बहराइन र साउदी अरेविया भने एसिसी च्यालेन्जर कपबाट आएका हुन् । साउदी विजेता र बहारान उपविजेता बनेका थिए ।

नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी., ललित राजवंशी, सन्दीप जोरा, मौसम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.