default_image

3 years ago

March 29, 2023

नेपाली क्रिकेट टोलीमा देवको पूनरागमन

246 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ क्रिकेट टोलीका कप्तान देव खनालले ७ महिनापछि सिनियर टोलीमा पूनरागमन गरेका छन् । नेपालले अर्को महिना घरेलु मैदान टियु र मुलपानीमा हुने एसिसी प्रिमियर कपको लागि २१ सदस्य टोली घोषणा गरेको छ । उक्त टोलीमा नेपाल क्रिकेट संघ (क्यान)ले देवलाई पनि टोलीमा बोलाएको छ ।

देव गत भदौंमा केन्या भ्रमणपछि पहिलो पटक सिनियर टोलीको प्रशिक्षणमा फर्किएका हुन् । देवले पछिल्लो पटक नेपाली टोलीबाट केन्या भ्रमणमा गत सेप्टेम्बरमा अन्तिम दुई एकदिवसीय अभ्यास खेल खेलेका थिए । त्यसपछि उनी नेपाली टोलीमा थिएनन् । उनले प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशबाट सानदार प्रदर्शन गरेपनि सिनियर टोलीबाट बाहिर रहेका थिए ।

देवले अघिल्लो महिना नेपाललाई ८ वर्षपछि यू१९ विश्वकपमा पुर्याउन सानदार प्रदर्शन गरेका थिए । युएईमा सम्पन्न यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई अपराजित रहँदै आगमी वर्ष श्रीलंकामा हुने यू१९ विश्वकपमा पुर्याउन देवल ब्याटिङ, कप्तानी र फिल्डिङ तीनै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

देवले ५ खेलमा १ शतक र १ अर्धशतकसहित कुल १ सय ९७ रन बनाएका थिए । कुवेतलाई हराउन देवले १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनको सानदार शतकीय इनिङ खेलेका थिए । तर त्यो शतक भन्दा पनि अझ उत्कृष्ट उनले फाइनल सहर मानिएको युएईविरुद्ध १९–३ को अवस्थाबाट ५१ रन जोडेका थिए । उक्त सानदार प्रदर्शनपछि देवलाई नेपालले सिनियर टोलीमा बोलाएको हो ।

देवले नेपालबाट १० ओडिआई खेलमा २ अर्धशतकसहित कुल २ सय ५३ रन बनाएका छन् । देव नेपाली ब्याटिङको भविष्यको रुपमा हेरिदै आएका छन् । देवलले यसैको पर्खाईमा रहेको बताए । ‘सिनियर टोलीमा फर्किदा राम्रो लागेको छ । म यसैको पर्खाईमा थिए । यो अवसरलाई सदुपयोग गर्नुपर्छ’, देवले सिनियर टोलीमा परेपछि हाम्रो खेलकुदसँग भने । प्रशिक्षण बिहीबारदेखि सुरु हुनेछ ।

प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म नेपालमा हुनेछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । शीर्ष दुई दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी., ललित राजवंशी, सन्दीप जोरा, मौसम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.