default_image

3 years ago

March 29, 2023

‘म यसैको पर्खाइमा थिए’ – देव खनाल

367 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनालले ७ महिनापछि सिनियर टोलीको बन्द प्रशिक्षणमा फर्किएपछि आफू त्यसैको पर्खाईमा रहेको बताएका छन् ।

नेपालले अर्को महिना घरेलु मैदान टियु र मुलपानीमा हुने एसिसी प्रिमियर कपको लागि २१ सदस्य टोली घोषणा गरेको छ । उक्त टोलीमा नेपाल क्रिकेट संघ (क्यान) ले देवलाई टोलीमा बोलाएको छ । देव गत भदौंमा केन्या भ्रमणपछि पहिलो पटक सिनियर टोलीको प्रशिक्षणमा फर्किएका हुन् ।

देवले पछिल्लो पटक नेपाली टोलीबाट केन्या भ्रमणमा गत सेप्टेम्बरमा अन्तिम दुई एकदिवसीय अभ्यास खेल खेलेका थिए । त्यसपछि उनी नेपाली टोलीमा थिएनन् । ‘यसैको पर्खाइ थियो मलाई । यो अवसरलाई जसरी पनि सदुपयोग गर्नुपर्छ । टिममा आउनुपर्छ भन्ने सोच छ । त्यसको लागि प्रदर्शन र राम्रो पनि भएको थियो । राम्रै खेलेको थिए । प्रक्रिया पछ्याएको (प्रोसेसमा फलो) गरेको थियो । नतिजा आफैं आइहाल्यो’, देवले भने ।

नेपालले आइसिसी विश्वकप लिग २ मा पछिल्लो १२ मध्य ११ खेल जितेको । नेपालको ब्याटिङ लाइनअपमा निकै उच्च प्रतिस्पर्धा छ । देवलाई अन्तिम टोलीमा स्थान बनाउन सहज हुनेछैन । निकै कडा मिहिनेत गर्नुपर्ने हुन्छ । देव ओपनर र तेस्रो नम्बरमा ब्याटिङ गर्दै आएका छन् । ओपनरमा आसिफ शेख र कुशल भुर्तेलले सानदार प्रदर्शन गर्दै आएका छन् ।

तेस्रो नम्बरमा कुशल मल्ल र ज्ञानेन्द्र मल्ल खेल्दै आएका छन् । कुशल मल्लको प्रदर्शन पनि सानदार रहँदै आएको छ । देव पनि क्याम्पमा कडा प्रतिस्पर्धा हुने बताउँछन् । ‘क्याम्पमा एकदमै प्रतिस्पर्धा हुन्छ । पुरै सेट टिम छ । अन्तिम १२ खेल सबैले राम्रो गरेका छन् । अहिले प्रतिस्पर्धा भने धेरै उच्च छ,’ उनले भने ।

नेपालले एसिसी प्रिमियर कप जितेमा एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । भारत र पाकिस्तानसँग खेल्न नेपालको लागि विश्वकप सरह हुनेछ । देव त्यो नेपालको सपना रहेको बताए ।

‘म टिममा भए नभए पनि नेपालले जित्नु पर्यो । भारत र पाकिस्तानसँग खेल्ने सबैको सपना नै हुन्छ । त्यो सपनालाई नेपालले पूरा गर्न पाए हुन्थ्यो’, उनले भने ।

देवले अघिल्लो महिना नेपाललाई ८ वर्षपछि यू१९ विश्वकपमा पुर्याउन कप्तान समेत रहेका देवले सानदार प्रदर्शन गरेका थिए । त्यहिँ प्रदर्शनको कारण उनी सिनियर टोलीको क्याम्पमा फर्किएका हुन् । युएईमा सम्पन्न यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई अपराजित रहँदै आगमी वर्ष श्रीलंकामा हुने यू१९ विश्वकपमा पुर्याउन देवल ब्याटिङ, कप्तानी र फिल्डिङ तीनै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

देवले ५ खेलमा १ शतक र १ अर्धशतकसहित कुल १ सय ९७ रन बनाएका थिए । कुवेतलाई हराउन देवले १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनको सानदार शतकीय इनिङ खेलेका थिए । तर त्यो शतक भन्दा पनि अझ उत्कृष्ट उनले फाइनल सहर मानिएको युएईविरुद्ध १९–३ को अवस्थाबाट ५१ रन जोडेका थिए ।

‘म त्यहिँ यू१९ को प्रदर्शनले गर्दा टिममा छु होला । यू१९ मा जुन छाडेर आएको छु । सिनियरमा त्यसैलाई निरन्तरता दिन्छु’, देवले भने ।

देवले नेपालबाट १० ओडिआई खेलमा २ अर्धशतकसहित कुल २ सय ५३ रन बनाएका छन् । देव नेपाली ब्याटिङको भविष्यको रुपमा हेरिदै आएका छन् । उनले २०२२ मा पपुवा न्युगिनीविरुद्ध पहिलो ओडिआई खेलमा सिनियर टोलीमा डेब्यू गरेका थिए । त्यसपछि उनी नेपाली टोलीमा नियमित सदस्य थिए । तर गत सेप्टेम्बरमा केन्या भ्रमणपछि उनी तत्कालिन मुख्य प्रशिक्षक मनोज प्रभाकरले टोलीबाट हटाएका थिए । त्यसपछि उनले मौका पाएका थिएनन् ।

एसिसी प्रिमियर कप वैशाख ५ देखि १८ गतेसम्म नेपालमा हुनेछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । शीर्ष दुई दुई टोलीले सेमिफाइनल खेल्नेछन् । यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।

एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । पछिल्लो समयको लय, घरेलु मैदान, कन्डिसन र दर्शकले गर्दा नेपाल उपाधिको प्रमुख दाबेदार टोलीमा पर्दछ ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.