default_image

3 years ago

March 29, 2023

जेरार्डको सानदार शतकमा नामिबियाको ओडिआई इतिहासकै उच्च योगफल

302 views

0 Bookmark

एजेन्सी – कप्तान जेरार्ड इरास्मसको सानदार शतकको सहयोगमा नामिबियाले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा पपुवा न्युगिनीलाई ३ सय ८२ रनको कीर्तिमानी लक्ष्य दिएको छ । युनाइटेड क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ८१ रन बनायो ।

नामिबियाले आफ्नो ओडिआई इतिहासमा बनाएको यो सबैभन्दा ठूलो योगफल हो । यसअघि नामिबियाले ओडिआईमा २०२० मा ओमानविरुद्ध ७ विकेट गुमाउँदै ३ सय २४ रन बनाएको थियो । उक्त कीर्तिमान तोड्दै पहिलो पटक ३ सय ५० माथि योगफल बनाएको हो ।

एसोसियट टोलीको रुपमा नामिबिया ओडिआईमा सर्वाधिक रन बनाउने टोली बनेको छ । नामिबियाले स्कटल्यान्डले २०१८ मा इंग्ल्यान्डविरुद्ध ३ सय ७१ रनको कीर्तिमान तोडेको छ । नामिबियाका कप्तान जेरार्ड इरास्मसले १ सय १३ बलमा ११ चौका र ५ छक्कासहित १ सय २५ रनको सानदार शतकीय इनिङ खेले ।

जेरार्डको यो ओडिआई करिअरको दोस्रो र उच्च प्रदर्शन हो । एक समय नामिबिया १०-२ को दयनीय अवस्थामा पुगेको थियो । आफ्नो ओडिआई करिअरको दोस्रो खेल खेलेका ओपनर निकोलस डेविनले ७९ बलमा १३ चौका र १ छक्कासहित ९० रनको एक यादगार इनिङ खेले । उनी सेमो कमियाबाट एलबीडब्लू आउट भएका थिए ।

तेस्रो विकेटका लागि जेरार्ड र डेविनले १ सय ५१ रनको शतकीय साझेदारी गरेका थिए । चौथो विकेटका लागि जेरार्ड र जान निकोल लोफ्टी इआटनले १ सय ३० रनको सानदार साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

निकोल ५९ बलमा ६ चौका र २ छक्कासहित ६१ रनमा आउट भए । विकेटकिपर जेन ग्रीन १६ बलमा ३ चौका र २ छक्कासहित ३२, पिक्की फ्रान्स १४ र रुबेन ट्रम्पलम्यान १७ रनमा आउट भए । कार्ल ब्रिकेनस्टक ८ बलमा १ चौका र २ छक्कासहित १९ रनमा अविजित रहे ।

पपुवा न्युगिनीका तीव्र गतिका बलर सेमा कमियाले १० ओभरमा ६८ रन खर्चेर ५ विकेट लिए । कबुआ मोरिआले ७ ओभरमा ६५ रन खर्चेर २ विकेट लिए । नामिबिया पहिलो खेलमा अमेरिकासँग ८० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै आगमी जुन जुलाईमा हुने विश्वकप छनोटमा पुग्न बाँकी सबै खेल जित्नुपर्ने हुन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.