default_image

3 years ago

March 31, 2023

आइपिएल डिस होमको आइटिभीमा हेर्न सकिने

245 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पहिलो प्रिमियर आइपीटिभी डिस होम आइटिभीमा विश्वकै चर्चित भारतीय प्रिमियर लिग (आइपिएल) एचडी क्वालिटीमा हेर्न सकिने भएको छ ।

डिस मिडिया नेटवर्कले पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्यनजर गरेर आइपीटिभीको सेवा शुभारम्भ गरेको हो । नेपालको पहिलो प्रिमियम आइपीटिभी डीएच आइटिभी, डीटिएच र टेरेस्ट्रीएल भन्दा फरक प्रविधी भएको कारण आइपीटिभीमा लोकप्रिय आइपिएल एचडी क्वालिटीमा हेर्न सकिनेछ । यस्तै क्रिकेटबाहेक कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी विभिन्न अन्तर्राष्ट्रिय सिरिज पनि आफूले चाहेको समयमा हेर्न सकिनेछ ।

यसबाहेक दैनिक रुपमा विभिन्न खेलकुद, सिरिज, सिनेमा र रमाइलो टिभीमा कार्यक्रमका साथै २०० भन्दा बढी टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा वढि विभिन्न कन्टेन्ट हेर्न सकिनेछ । आइटिभीमा भिडियो अन डिमाण्ड, क्याच अप टिभी, स्टार्ट ओभर टिभी, युट्युब, टिकटक लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेको छ ।

इन्टरनेट मार्फत टिभी सिग्नल प्राप्त हुनेभएकोले यो सेवा लिनको लागि इन्टरनेट कनेक्सन हुन जरुरी हुन्छ । ग्राहकहरुले आफ्नो नजिकैको डिलर दाइकोमा वा हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर डीएच फाइबरनेट जडान गर्दै नेपालको पहिलो प्रिमियम आइपीटिभीको मज्जा लिन सक्नुहुनेछ ।

यो पनि पढ्नुहोस : आइपिएल २०२३ : उपाधि जित्न सक्ने पाँच टोली

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.