9 years ago
January 3, 2017
सिडनी (एजेन्सी) – पाकिस्तान बिरुद्ध अन्तिम टेस्टको पहिलो दिनमा ‘लन्च ब्रेक’ अगाडि शतक पुरा गर्दै डेभिड वार्नरले अष्ट्रेलियाको मैदानमा किर्तिमान रचेका छन ।

अष्ट्रेलियाको सिडनी क्रीकेट मैदानमा भएको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन ७८ बलको सामना गर्दै वार्नरले शतक प्रहार गर्दा अष्ट्रेलियन मैदानमा लन्च अगाडि शतक प्रहार गर्ने उनि पहिलो खेलाडी बनेका छन ।
यसाघी भिक्टर ट्रम्पर्, चार्ली माकर्टने, सर डोनाल्ड ब्राडम्यान र माजिद खानले लन्च ब्रेक अगाडी शतक पुरा गरे पनि अष्ट्रेलियामा यस्तो प्रदर्शन गर्ने वार्नर पहिलो खेलाडी हुन । ब्रेक अघी राम्रो फर्ममा रहेपनी वार्नर पछी ११५ रन बनाउदै पेभिलिओन फर्किए । उनले १७ चौकाको मद्धतले ९५ बलको सामना गर्दै ११५ रन जोडे । यसअघी वेस्ट इन्डिज बिरुद्ध ८२ बलको सामना गर्दै वार्नरले टेस्टमा शतक प्रहार गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]