9 years ago
January 3, 2017
चौथो क्याची एसएसपी कप क्रिकेट प्रतियोगिता
राकेश तिमल्सिना
चितवन – लगातार दोस्रो खेल जित्दै कृषि तथा वन विश्वविद्यालय, रामपुर चौथो क्याची एसएसपी कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भरतपुरको अर्किड कलेजलाई मंगलबार ८ विकेटले हराएपछि रामपुर समूह ए को बिजेताका रुपमा प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।

८५ रनको सामान्य लक्ष्य पछ्याएको रामपुरले १२.४ ओभरमा मात्र दुई विकेट गुमाएर जित हासिल गरेको थियो । रामपुरलाई जित दिलाउन पवन थापाले अविजित ४६ बनाए । उनले ३८ बलमा ६ चौका प्रहार गरे । विशाल चोकस्थित नौ बिगाहा मैदानमा त्यसअघि टस जितेर ब्याटिङ रोजेको अर्किडले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै ८४ रन बनाएको थियो ।
अर्किडका लागि राजेश लम्सालले १८ र सन्तोष उपाध्यायले १६ जोडे । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ रामपुरका सनम बुढाथोकीले २ विकेट लिए । म्यान अफ द म्याच घोषित रामपुरका पवनले डिटिसीको मोबाइल सेट प्राप्त गरे ।
समूहका दुई मध्ये एक खेल जितेको अर्किड प्रतियोगिताबाट बाहिरिएको छ भने दुवै खेल हारेको प्रेसिन्डेसी कलेज यसअघि नै बाहिरिसकेको थियो । क्याची एजुकेशन कन्सलटेन्सी मुख्य प्रायोजक रहेको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ ।
क्याची एसएसपी कपमा बुधबारको खेल
– वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरविरुद्ध ग्रेट हिमालयन क्रिकेट एकेडेमी (बिहान ८ः३० बजे)
– सुदुर पश्चिम एकेडेमी, धनगढीविरुद्ध नेपाल पोलिटेक्निक कलेज, भरतपुर (दिउँसो १२ः३० बजे)
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]