3 years ago
April 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वस्पिनर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीले बलियो नेपाल कप २०२३ को फाइनलमा कणाली एकेडेमीलाई ७ विकेटले हराउँदै उपाधि जितेको छ ।

पोखरा रंगशालमा टस जितेर पहिला ब्याटिङको रोजेको कर्णाली १९.२ ओभरमा ७२ रनमा अल आउट भएको थियो । कर्णालीका विराट भण्डारीले २७ बलमा २ चौकासहित सर्वाधिक १५ रन बनाए । ओपनर रोशन शाही १०, मनिष थापा ५, खेमराज खड्का ७, भरत क्षेत्री ८, दिब्य भुषाल र लक्की बम ६–६ रनमा आउट भए ।
स्टार क्रिकेट एकेडेमीका सुमित पराजुलीले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । सुभम खनालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । महेश भर, अमर मिश्रा र निर्मल गुरुङले एक एक विकेट लिए ।
जितको लागी ७३ रनको विजयी लक्ष्य पछ्याएको स्टार क्रिकेट एकेडेमीले ९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । स्टार क्रिकेट एकेडेमीका ओपनर अनोमल शिरिषले ३० बलमा ५ चौकासहित २५ रन बनाए । अमर मिश्रा ९ बलमा २ चौका र २ छक्कासहित २२ रन बनाए । अंकित बम १४, विशाल भुषाल ८ र निर्मल गुरुङले ४ रन बनाए ।
कर्णालीका भरत क्षेत्री, आदित्य शाह र सन्दीप ठकुरीले एक एक विकेट लिए । पोखराका प्रदीप अर्यालले ४ खेलमा १० विकेट लिदै उत्कृष्ट बलर चुनिए । कर्णालीका विराट सिंह भण्डारीले ५ खेलमा १ सय ८८ रन बनाउँदै उत्कृष्ट ब्याटर चुनिए । प्रदीप र विराटले समान ७ हजार पाउने छन् ।
स्टार क्रिकेट एकेडेमीका अमर मिश्राले प्रतियोगितामा १ सय २२ रन बनाउनुको साथै ४ विकेट लिँदै सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले १५ हजार पाउनेछन् । त्यस्तै प्रतियोगिता विजेता स्टार क्रिकेट एकेडेमीले ५० हजार रुपैयाँ र उपविजेता कर्णालीले २५ हजार हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]