3 years ago
April 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वस्पिनर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीले बलियो नेपाल कप २०२३ को फाइनलमा कणाली एकेडेमीलाई ७ विकेटले हराउँदै उपाधि जितेको छ ।

पोखरा रंगशालमा टस जितेर पहिला ब्याटिङको रोजेको कर्णाली १९.२ ओभरमा ७२ रनमा अल आउट भएको थियो । कर्णालीका विराट भण्डारीले २७ बलमा २ चौकासहित सर्वाधिक १५ रन बनाए । ओपनर रोशन शाही १०, मनिष थापा ५, खेमराज खड्का ७, भरत क्षेत्री ८, दिब्य भुषाल र लक्की बम ६–६ रनमा आउट भए ।
स्टार क्रिकेट एकेडेमीका सुमित पराजुलीले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । सुभम खनालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । महेश भर, अमर मिश्रा र निर्मल गुरुङले एक एक विकेट लिए ।
जितको लागी ७३ रनको विजयी लक्ष्य पछ्याएको स्टार क्रिकेट एकेडेमीले ९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । स्टार क्रिकेट एकेडेमीका ओपनर अनोमल शिरिषले ३० बलमा ५ चौकासहित २५ रन बनाए । अमर मिश्रा ९ बलमा २ चौका र २ छक्कासहित २२ रन बनाए । अंकित बम १४, विशाल भुषाल ८ र निर्मल गुरुङले ४ रन बनाए ।
कर्णालीका भरत क्षेत्री, आदित्य शाह र सन्दीप ठकुरीले एक एक विकेट लिए । पोखराका प्रदीप अर्यालले ४ खेलमा १० विकेट लिदै उत्कृष्ट बलर चुनिए । कर्णालीका विराट सिंह भण्डारीले ५ खेलमा १ सय ८८ रन बनाउँदै उत्कृष्ट ब्याटर चुनिए । प्रदीप र विराटले समान ७ हजार पाउने छन् ।
स्टार क्रिकेट एकेडेमीका अमर मिश्राले प्रतियोगितामा १ सय २२ रन बनाउनुको साथै ४ विकेट लिँदै सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले १५ हजार पाउनेछन् । त्यस्तै प्रतियोगिता विजेता स्टार क्रिकेट एकेडेमीले ५० हजार रुपैयाँ र उपविजेता कर्णालीले २५ हजार हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]