default_image

1 year ago

April 17, 2023

आइपिएल खेल्न सक्ने पाँच नेपाली खेलाडी

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय र धन भएको फ्रेन्चाइज टि२० क्रिकेट लिग हो । आइपिएल खेल्ने धेरै खेलाडीको सपना हुन्छ । जहाँ खेलाडीले नाम र दाम दुबै कमाउँछन् । आइपिएल विश्व क्रिकेटको त्यस्तो प्रतियोगिता हो । जसबाट खेलाडी एकै रातमा रोडबाट करोडमा पुग्न सक्छन् ।

तर कमैले मात्रै सपना पूरा गर्न पाउँछन् । आइपिएल खेल्न आफूले अन्तर्राष्ट्रिय, उमेर समूह, घरेलु क्रिकेट र प्रतिभा उत्कृष्ट प्रदर्शन गरेर मात्रै हुँदैन । फ्रेन्चाइज टोलीमा उक्त भूमिका माग उच्च पनि हुनुपर्छ । एसोसिएट देशका खेलाडीलाई आइपिएल खेल्न निकै कठिन पर्दछ । आइपिएलमा एसोसिएट कमै खेलाडीले स्थान बनाउँदै आएका छन् ।

नेपालका स्पिनर सन्दीप लामिछानेले २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) मा बिक्री हुँदै पहिलो नेपाली खेलाडी बनेका थिए । नेपालका स्पिनर शक्ति गौचन २०१२ को आइपिएलमा राजस्थान रोयल्सको ट्रायलसम्म पुगेका थिए । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा मोन्टि देशाई छन् । जसले गर्दा पनि नेपाली खेलाडीले आइपिएल खेल्ने सम्भावना बढेको छ ।

आइपिएल फ्रेन्चाइज लिगमा राम्रो सम्बन्ध भएका मोन्टिले नेपाली खेलाडीलाई आइपिएल फ्रेन्चाइज टोलीसँग जोड्न राम्रो भूमिका खेल्न सक्छन् । मोन्टि २००८ देखी २०१५ सम्म राजस्थान रोयल्सको साहयक प्रशिक्षकको रुपमा काम गरेका थिए । २०१६/१७ मा गुजरात लायन्सको प्रफमेन्स प्रशिक्षकको रुपमा काम गरेका थिए । २०१८ मा पनि पन्जाब किंग्समा रहेर काम गरेका थिए ।

नेपाल ओडिआई देश हुँदा अन्तर्राष्ट्रिय स्तरमा खेलाडीले गरेको प्रदर्शन फ्रेन्चाइज टोलीका मालिक र प्रशिक्षकहरु हेर्ने छन् । नेपालमा आइपिएल खेल्न सक्ने सम्भावना भएका थुप्रै खेलाडी छन् । हालसम्म सबै नेपाली खेलाडीको अन्तर्राष्ट्रिय प्रदर्शन, क्षमता र सम्भावना हेर्दा आगमी दिनहरुमा यी पाँच खेलाडीहरुले आइपिएल खेल्न खेल्न सक्छन् ।

५.अर्जुन साउद – (विकेटकिपर तथा ब्याटर )

विकेटकिपर अर्जुन साउद नेपाली क्रिकेटमा ठूलो आशा र सम्भावना बोकेका खेलाडी हुन् । अर्जुन आक्रामक ब्याटिङ र उत्कृष्ट किपिङका लागि चिनिन्छन् । नेपाल टि२० लिगमा अर्जुनले विराटनगर सुपर किंग्सबाट जनकपुर रोयल्सविरुद्ध गरेका दुई रन आउट भारतीय विकेटकिपर महेन्द्रसिंह धोनीलाई झल्को दिने खालको थिए ।

पछिल्लो समय अर्जुन नेपाली अन्तिम क्रिकेट टोलीमा छैनन् । केहि सुस्त गतिमा खेलेपछि आलोचित भएका थिए । तर अर्जुनसँग आक्रामक ब्याटिङको क्षमताछ । ठूला सटको क्षमता राख्छन् । युवा खेलाडी हुँदै खेल खेल्दै जादा थप सिक्नेछन् । फेन्चाइज टोलीहरु अर्जुनलाई न्यूनतम मूल्यमा ब्याकअप विकेटकिपरको समेत किन्न सक्छन् ।

४.कुशल मल्ल –(अलराउन्ड)

बायाँ हाते युवा ओपनर कुशल मल्ल नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका अलराउन्डर हुन् । कुशल आक्रामक ब्याटिङसँगै लागि चिनिन्छन् । हरेक टोली टि२० क्रिकेटमा अलराउन्डर चाहन्छन् ।

कुशल मल्ल आपनिङदेखि तल्लोक्रमसम्म कुनैपनि भूमिकामा खेल्न सक्छन् । टोलीलाई आवश्यक परेको कुनैपनि समय उनी स्पिन गर्न सक्छन् । बलिङमा पनि राम्रो छाप छाड्दै आएका छन् । बायाँ हाते खेलाडी हुँदा अझ रणनीतिक रुपमा सफल हुनसक्छन् । कुशल युवा खेलाडी हुँदा आगमी दिनमा प्रदर्शन झन सुधार आउनेछ।

कुशल विश्व टि२० आई र ओडिआईमा सबैभन्दा कम उमेरमा अर्धशतक हान्ने विश्वकै कान्छा खेलाडी हुन् । आइपिएलमा अलराउन्डरको माग उच्च रहँदै आएको छ । कुशल विष्फोेटक ब्याटिङसँगै म्याच विनर अलराउन्डर हुँदा आइपिएल खेल्न सक्ने सम्भावना देखिन्छ । कुशलले २०२१ मा टि टेन लिग आबुधाबीबाट खेल्दै राम्रो प्रभाव छाडेका थिए । त्यस्तै गतवर्ष उनी पाकिस्तान जुनियर लिगमा रहेपनि खेल्ने मौका भने पाएका थिएनन् । विष्फोटक ब्याटिङ क्षमता हुँदा आइपिएलमा उनी फ्रेन्चाइजको रोजाईमा पर्न सक्छन् ।

३. करण केसी– अलराउन्डर

आइपिएल इतिहासमा देखिनै तीव्र गतिका बलिङ अलराउन्डर पहिलो रोजाईमा पर्दै आएका छन् । आइपिएलमा विदेशी खेलाडी सधै तीव्र गतिका बलिङ अलराउन्डले सर्वाधिक मूल्य पाउँदै आएका छन् । ब्याटिङ र स्पिनर भारतीय स्तरिय छन् । फ्रेन्चाइज टोली विदेशी खेलाडीमा सकेसम्म तीव्र गतिका बलर र अलराउन्डरमा मूल्य खर्चिन चाहन्छन् ।

यस पटकको अक्सनमा तीव्र गतिका बलिङ अलराउन्डर साम करनलाई पन्जाब किंग्सले १८ करोड ५० लाख, मुम्बई इन्डियन्सले क्यामरन ग्रीनलाई १७ करोड ५० लाख र चेन्नई सुपर किंग्सले बेन स्टोक्सलाई १६ करोड २५ लाख भारुमा किनेको थियो । यी उदाहरण मात्रै हुन् । यसअघि प्याट कमिन्स, क्रिस मोरिस लगायतका थुप्रै खेलाडीमाथि धनको वर्षानै भएको थियो ।

नेपालका करण केसी पनि टि२० विशेष खेलाडी हुन् । जसले ब्याटिङ र बलिङ दुबैबाट टोलीलाई जिताउन सक्ने खुबी राख्दछन् । करणले तीव्र गतिसँगै तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता राख्छन् । नेपाललाई ओडिआई मान्यता दिलाउन हिरो बनेका करण आगमी दिनहरुमा आइपिएल खेल्न सक्ने सम्भावना बोकेका नेपाली अलराउन्डर पर्दछन् ।

करणले नेपालबाट ४३ टि२० आई खेलमा १५६.२१ को स्ट्राइकरेटमा ब्याटिङ गर्दा कुल ६० विकेट लिएका छन् । आइपिएलमा करणको भूमिका भएका खेलाडीको सधै माग उच्च हुने हुँदा आगमी दिनमा खेल्न सक्छन् ।

२.दीपेन्द्रसिंह ऐरी (अलराउन्डर)

दीपेन्द्रसिंह ऐरी नेपाली क्रिकेटका ३डि क्रिकेटर हुन् । दीपेन्द्र ब्याटिङ र बलिङ मात्रै होईन फिल्डिङ मार्फत पनि खेल जिताउन सक्ने खुबी राख्छन् । टि२० आई क्रिकेटमा उनले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।

दीपेन्द्रले ४४ टि२० आई खेलमा १ शतक र ५ अर्धशतकसहित १ हजार १ सय ३ रन बनाएका छन् । दीपेन्द्र अफ स्पिन राम्रो गर्ने गर्दछन् । मध्यक्रमका भरपर्दा ब्याटर हुन् । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा अब्बल हुँदा दीपेन्द्रमाथि आइपिएल फ्रेन्चाइज टोलीले रुचि देखाउन सक्छन् ।

१. सन्दीप लामिछाने – (स्पिनर)

सन्दीप लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी थिए । २०१८ मा दिल्लीले सन्दीपलाई न्यूनतम २० लाख भारुमा किनेको थियो । सन्दीप २०१८ देखि २०२० सम्म दिल्लीमा रहेर आइपिएल खेलेका थिए ।

सन्दीपले २०१८ मा तीन खेलमा ५ विकेट लिएका थिए । २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए । सन्दीपले कुल ९ खेलमा १३ विकेट लिएका छन् । २०२१ मा दिल्लीले सन्दीपलाई फुकुवा गरेपछि अक्सनमा बिक्न सकेका छैनन् ।

विश्व क्रिकेटका लगभग सबै फ्रेन्चाइज लिग खेलेका सन्दीपले नेपाली क्रिकेट टोलीबाट लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । सन्दीपले नेपालबाट तल्लोक्रममा राम्रो ब्याटिङ गर्दै आएका छन् । सन्दीप लेगस्पिन र गुगली बलका लागि चिनिन्छन् । थप बलिङ भेराइटी बढाएमा सन्दीप आइपिएलमा राम्रो मूल्यमा बिक्न सक्छन् ।

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.