default_image

1 year ago

April 15, 2023

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अभ्यास खेलमा ओमानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकोछ । टियु मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।यो अभ्यास खेल हुँदा टोलीमा रहेका कुनैपनि ब्याटर र बलरले खेल्न सक्छन् । त्यसैले प्लेइङ ११ भन्ने हुँदैन । खेल ५०–५० ओभरको हुनेछ […]

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अभ्यास खेलमा ओमानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकोछ । टियु मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
यो अभ्यास खेल हुँदा टोलीमा रहेका कुनैपनि ब्याटर र बलरले खेल्न सक्छन् । त्यसैले प्लेइङ ११ भन्ने हुँदैन ।

खेल ५०–५० ओभरको हुनेछ । नेपालले एसिसी प्रिमियर कप अघि अभ्यास खेल खेल्न लागेको हो । अभ्यास खेल हुँदा दुबै टोली प्रिमियर कप अघि आफ्नो उत्कृष्ट टोली टुङ्गो लगाउन खोज्नेछन् । आफ्नो उत्कृष्ट प्लेइङ–११ निर्धारण गर्ने यो अन्तिम अवसर हो । अभ्यास खेल हुँदा नेपालले टोलीमा कसलाई खेलाउछ भन्न सकिदैन ।

बन्द प्रशक्षणमा रहेका २१ सदस्य टोलीबाट आवश्यकता अनुसार खेलाडी प्रयोग गर्नेछ । अभ्यास खेल हुँदा प्लेइङ ११ नभएर टोलीका जुनसुकै खेलाडीलाई खेलाउन सक्छ । यो खेलले कुनैपनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । ओमान १४ सदस्य टोली खेलाउनेछ ।

ओमनका अकिब इलियास टोलीमा फर्किएका छन् । तीन वर्षअघि लिग२ मा अकिबले नेपाल र अमेरिकाविरुद्ध लगातार शतक हानेका थिए । १६ महिनापछि टोलीमा फर्किएका अकिबलाई प्रिमियर कप अघि यो राम्रो अवसर हो ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी।, ललित राजवंशी, सन्दीप जोरा, मौसम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल ।

ओमानको टोली :

जिशान मकसुद, अकिब इलियास ९उपकप्तान०, जय ओडेडेरा, कलिमुल्लाह, शोएब खान, कश्याप प्रजापति, अदिल शफिक ९विकेटकिपर०, जतिन्दर सिंह, मोहम्मद नदिम, सन्दीप गौड, बिलाल खान, आयन खान, नसिम खुसी र फैज बुट ।

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

Success

Thank you for your time.