2 years ago
April 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अभ्यास खेलमा ओमानविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ । टियु क्रिकेट मैदान टियुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले २८ ओभरमा ६ विकेट गुमाउँदै १ सय २७ रन बनाएको छ ।
ओमानका शोएब खान २८ र अदिल शफिक क्रिजमा छन् । ओमानलाई ओपनर जतिन्दर सिंह र कश्याप प्रजापतिले पहिलो विकेटका लागि १०.३ ओभरमा ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर किशोर महतोको बलमा डीप स्क्वायर लेगमा जतिन्दर देव खनालबाट क्याच आउट भए ।
बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सीले अर्को ओभरमा शोएब खानलाई एक रनमा बोल्ड आउट गरे । १५ औं ओभरमा किशोरले कश्यापलाई २० रनमा क्याच गराए । बायाँ हाते स्पिनर सूर्य तामाङले २५ औं ओभरमा मोहम्मद नदीमलाई ९ रनमा एलबीडब्लू आउट गरे ।
सूर्यले आयन खानलाई ७ रनमा बोल्ड आउट गरे । यो अभ्यास खेल हुँदा नेपालले बलिङ र ब्याटिङ दुबै आवश्यकता अनुसार खेलाडीलाई मौका दिनसक्छ । नेपालका किशोर महतो र सूर्य तामाङ दुई विकेट लिएका छन् । प्रतिश जि.सी र श्याम ढकालले समान एक विकेट लिएका छन् । नेपालले एसिसी प्रिमियर लिग अघि ओमानसँग अभ्यास खेल खेलेको हो ।
February 13, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]
February 13, 2025
एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि […]
February 12, 2025
एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]