3 years ago
April 16, 2023
एजेन्सी – भारतीय पूर्व सफल ब्याटर सचिन तेन्दुलकरका छोरा अर्जुनले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ मा मुम्बई इन्डियन्सबाट कोलकाता नाइट राइडर्सबाट डेब्यू गरेका छन् । बायाँ हाते युवा तीव्र गतिका बलर अर्जुनले तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् ।

पछिल्ला दुई सिजन मुम्बईमा रहेपनि उनले डेब्यू गर्ने मौका पाएका थिएनन् । उनले गतवर्ष भारतको सर्वाधिक लोकप्रिय घरेलु प्रयितोगिता रणजी ट्रफीमा डेब्यू खेलमै शतक हानेका थिए । अर्जुन गत वर्ष अक्सनमा मुम्बईले ३० लाख भारुमा किनेको थियो ।
न्यूनतम मूल्य २० लाख भारु राखेका अर्जुनलाई किन्न गुजरात जायन्टले पनि रुचि देखाएापछि ३० लाखमा बिकेका थिए । अर्जुनले भारतीय य–ू१९ टोलीबाट पनि खेलि सकेका छन् । उनी तीव्र गतिका बलिङको लागि चिनिन्छन् ।
मुम्बईले त्यस्तै डुवान यानसनलाई पनि डेब्यू दिएको छ । त्यस्तै आजको खेलमा मुम्बईको कप्तानी सूर्यकुमार यादवले गरेका छन् । वानखडे स्टेडियममा टस जितेर मुम्बईले पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।
कोलकाताको प्लेइङ ११ : रहमानउल्लाह गुरबाज, वेंकटेश ऐर नारायण जगदीशन, नितिश राणा(कप्तान), रिंकु सिंह, आन्द्रे रसेल, सुनिल नारायण, शार्दुल ठाकुर, उमेश यादव, लोकी फर्गुसन र बरुण चक्रवर्ती ।
मुम्बईको प्लेइङ ११ : ईशान किशन(विकेटकिपर), क्यामरन ग्रीन, तिलक बर्मा, सूर्यकुमार यादव(कप्तान), टिम डेविड, नेहाल वढेरा, अर्जुन तेन्दुलकर, हृथिक शोकीन, पियुष चवाला, डुवान यानसन र राइली मेरीडिथ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]