3 years ago
April 17, 2023
एजेन्सी – ओपनर डेभन कन्वे र युवा खेलाडी शिवम दुबेको सानदार ब्याटिङको सहयोगमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २४ औं खेलमा रोयल च्यायलेन्जर्स बेंगलोरलाई २ सय २७ रनको विशाल लक्ष्य दिएको छ ।

बेंगलोरको घरेलु मैदान चिन्नास्वामीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २६ रन बनायो । चेन्नईका ओपनर डेभन कन्वेले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिए ।
शिबम दुबे २७ बलमा २ चौका र ५ छक्कासहित ५२ रनमा आउट भए । तेस्रो विकेटका लागि दुबे र कन्वेले ३७ बलमा ८० रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर हर्षल पटेलको १६ औं ओभरको चौथो बलमा कन्वे फुलटस बलमा बोल्ड भएपछि साझेदारीमा ब्रेक लागेको थियो ।
चेन्नईले ओपनर ऋतुराज गायकवाडलाई तीन रनमै गुमाएको थियो । तर दोस्रो विकेटका लागि कन्वे र अजिंक्या रहाणेले ४३ बलमा ७४ रनको उत्कृष्ट साझेदारीका साथ सानदार सुरुवात दिलाएका थिए । उच्च लयमा रहेका रहाणे २० बलमा ३ चौका र २ छक्कासहित ३७ रनमा आउट भए ।
उनी स्पिनर वानिन्दु हसरंगाको बलमा बोल्ड आउट भएका थिए । अम्बाती रायुडू ६ बलमा १ चौका र १ छक्कासहित १४ रनमा आउट भए । मोईन अली ९ बलमा २ छक्कासहित १९ रनमा अविजित रहँदा रविन्द्र जडेजा १० रनमा आउट भए । कप्तान महेन्द्रसिंह धोनी १ बलमा एक रनमा अविजित रहे ।
बेंगलोरका विजयकुमार वैश्यकले ४ ओभरमा ६२ रन खर्चेर १ विकेट लिए । मोहम्मद शिराजले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । वेन पार्नेलले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । वानिन्दु हसरंगाले २ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । हर्षल पटेल र ग्लेन म्याक्सवेलले समान एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]