default_image

3 years ago

April 18, 2023

कुशलको उत्कृष्ट अर्धशतक

279 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा अलराउन्डर कुशल मल्लले एसिसी प्रिमियर लिगमा मलेसियाविरुद्ध उत्कृष्ट अर्धशतक प्रहार गरेका छन् । जितको लागि २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३१.४ ओभरमा ३ विकेट गुमाउँदै २ सय रन बनाएको छ ।


कुशल मल्ल २८ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा क्रिजमा छन् । भीम सार्की ८५ बलमा ४ चौकासहित ६१ रनमा क्रिजमा छन् । भीमले ७५ बलमा अर्धशतक पूरा गरेका थिए । कुशलले २८ बलमा अर्धशतक पूरा गरेका थिए ।

नेपालले ओपनर आसिफ शेखलाई एक रनमै गुमाएको थियो । तीव्र गतिका बलर मोहम्मद वाफिकको पहिलो ओभरको अन्तिम बलमा आसिफ कट एण्ड बोल्ड आउट हुन पुगे । दोस्रो विकेटका लागि भीम सार्की र कुशल भुर्तेलले ४८ रनको साझेदारी गरेका थिए ।

कुशल भुर्तेल ३१ बलमा ५ चौका र २ छक्कासहित ३८ रनमा आउट भए । कुशल तीव्र गतिका बलर रिजवान हैदरको दशौं ओभरको पहिलो बलमा स्क्वायर लेगमा खिजायर हायतबाट क्याच आउट भएका थिए । कप्तान रोहित पौडेल ४३ बलमा ५ चौकासहित ४२ रनमा आउट भए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.