default_image

3 years ago

April 19, 2023

युएईको सानदार विजयी सुरुवात

257 views

0 Bookmark

एजेन्सी – विकेटकिपर वृत्य अरविन्द र रोहन मुस्ताफाको शतकमा युनाइटेड अरव इमिरेट्स (युएई) ले एसिसी प्रिमियर कपमा कुवेतलाई १ सय ४३ रनले हराउँदै सानदार विजयी सुरुवात गरेको छ । उपाधि दाबेदार समूह बी को युएईले दुई महत्वपूर्ण अंक जोड्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

जितको लागि ३ सय ७२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेत ३६.३ ओभरमा २ सय २८ रनमा अल आउट भयो । कुवेतका नवौं नम्बरका सैयद मोनिब ३६ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ६८ रनमा आउट भए । त्यस्तै परविन्दर कुमार २६ बलमा १ चौका र ७ छक्कासहित सर्वाधिक ५३ रनमा आउट भए ।

यी दुई बाहेक अन्य कुनैपनि कुवेतका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कुवेतको सुरुवातनै खराब रह्यो । तीव्र गतिका बलर जुनैद सिद्धिकको दोस्रो ओभरको दोस्रो बलमा ओपनर रविजा सनदरुवान शून्यमा कप्तान मोहम्मद वासिमबाट क्याच आउट भए । सचित शर्माको तेस्रो ओभरको पहिलो बलमा प्रमुख ब्याटर मिट भावसार एज लागेर विकेटकिपर वृत्य अरविन्दबाट १० रनमा क्याच आउट भए ।

छैटौं ओभरको दोस्रो बलमा जुनैदले उस्मानगानी इब्राहिम १६ रनमा वृत्यबाट क्याच आउट भए । लगत्तै अर्को बलमा मोहम्मद अमिन एलबीडब्लू आउट हुँदै गोल्डेन डक पेभेलिएन फर्केका थिए ।

विष्फोटक ब्याटिङ गरेका परविन्दर कुमार स्पिनर आयन खान अफ्जलको बलमा दशौं ओभरको तेस्रो बलमा बोल्ड भएका थिए । एक समय २५ ओभरमा १४९–८ को अवस्थामा पुगेको कुवेतलाई नवौं विकेटका लागि ७८ रनको साझेदारी गरेका थिए ।

युएईका जुैनद सिद्दिक ७ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । कार्तिक मयाप्पनले ७ ओभरमा ६३ रन खर्चेर ३ विकेट लिए । सन्चित शर्मा, आयन खान, जहुर खान र रोहन मुस्तफाले समान एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७१ रन बनाएको थियो ।

युएईको जितमा युवा खेलाडी वृत्य अरविन्दले १ सय ४७ बलमा १७ चौका र ९ छक्कासहित १ सय ८५ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । अरविन्दनै खेलको प्लेयर अफ द म्याच चुनिए ।

प्रविन्दर कुमारको अन्तिम ओभरको दोस्रो बलमा एज लागेर आउट भएपछि वृत्य दोहोरो शतक प्रहार गर्नबाट चुकेका थिए । अनुभवी ब्याटर रोहन मुस्तफा १ सय २५ बलमा १० चौका र ४ छक्कासहित १ सय १८ रनमा आउट भए ।

मुस्तफाले १६ बलमा खाता खोलेका थिए । ९५ बलमा अर्धशतक पूरा गरेका थिए । तर अन्तिम ३० बलमा मुस्तफाले ६८ रन बनाएका थिए ।

एक समय २४–३ को दयनीय अवस्थामा पुगेको युएईलाई विशाल योगफलमा पुर्याउन रोहन मुस्तफा र वित्य अरविन्दले २ सय ७५ रनको यादगार दोहोरो शतकीय साझेदारी गरेका थिए ।

४७ औं ओभरको तेस्रो बलमा सैयद मोनिबको बलमा मुस्तफा विकेटकिपर उस्मानघानी इब्राहिमबाट क्याच आउट भएपछि उक्त साझेदारी तोडिएको थियो ।

युएईकोे सुरुवात भने सम्झन लायक थिएन । कप्तान मोहम्मद वासिम पहिलो ओभरको चौथो बलमै ८ रनमा क्याच आउट भएका थिए । तीव्र गतिका बलर शाहरुख कुद्दुसको बलमा वासिम फस्ट स्लिपमा मिट भावसारबाट क्याच आउट भए । उनले ४ बलमा २ चौका प्रहार गरे ।

स्पिनर यासिन पटेलले दोस्रो ओभरको दोस्रो बलमा अर्का ओपनर आर्यन लाक्रालाई शून्यमा बोल्ड आउट गरे । शाहरुखले पाँचौं ओभरको चौथो बलमा अनुभवी ब्याटर रमिज शाहजादलाई ९ रनमा क्याच गराए । शाहजाद मोहम्मद अमिनबाट मिड अनमा क्याच आउट भएका थिए ।

आसिफ खान ९ बलमा २ चौका र ३ छक्कासहित ३० रनमा आउट भए । कुवेतका प्रविन्दर कुमारले ३ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । शाहरुखले ८ ओभरमा ६० रन खर्चेर २ विकेट लिए । यासिन पटेल र सैयद मोनिबले समान एक एक विकेट लिए ।

एसिसी प्रिमियर कपमा समूह ए मा घरेलु टोली नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानीमा हुनेछ ।

प्रतियोगिता सेमिफाइनल, फाइनल हुँदै उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछन् । एसिया कपमा समूह ए मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता टोली हुनेछन् ।

समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् । युएईले दोस्रो खेल वैशाख ८ मा माथिल्लो मुलपानीमा ह ङकङसँग खेल्नेछ । कुवेतले दोस्रो खेल मुलपानीमानै वैशाख ९ मा बहराइनसँग खेल्नेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.