default_image

3 years ago

April 19, 2023

भरतपुर मेयरकप क्रिकेट– चितवन र काठमाडौं फाइनलमा

276 views

0 Bookmark

राकेश तिमल्सिना, चितवन

चितवन र काठमाडौं भरतपुर मेयरकप बागमती प्रदेश यू १६ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको लिगको अन्तिम खेलमा चितवनले ललितपुरलाई र काठमाडौंले मकवानपुरलाई हराउदै फाइनल एकअर्कासँगको भेट पक्का गरेका हुन् । काठमाडौं समूह ‘ए’ र चितवन समूह ‘बी’ को विजेता बन्दै अन्तिम दुईमा पुगेको हो ।

काठमाडौंले मकवापुरलाई ५९ रनले हराएको थियो । चितवनले ललितपुरमाथि ५ रनको रोमाञ्चक जित हात पार्यो ।
पहिलो खेलमा भरतपुरको निर्माणाधिन क्रिकेट रंगशालाको नमुना मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २५ ओभरमा ८ विकेटको क्षतिमा १ सय ८२ रन बनायो । टोलीका लागि ओपनर विशाल रायमाझीले सर्वाधिक ४८ रन जोडे । ४३ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे ।

१७ औं ओभरको तेश्रो बलमा उनी अमन कुमार यादवद्वारा कट बिहाइन्ड आउट भए । यस्तै मध्यक्रममा सुबिना हाडाले ३६, विरेन्द्रसिंह साउदले ३४ र निश्चल श्रेष्ठले २५ रन बनाए । मकवानपुरका अमन कुमार यादवले २ तथा रोहित ठाकुर, रौशन कुमार राय र रोशन कुमार यादवले समान १ विकेट हात पारे ।

१ सय ८३ रनको लक्ष्यका साथ ब्याटिङ थालेको मकवानपुर २५ ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनमा समेटियो । पहिलो विकेटको लागि ७० रनको साझेदारी गर्दै बलियो सुरुआत गरेको मकवानपुरका लागि मध्यक्रम सम्हालिन नसक्दा खेलको नतिजा काठमाडौंलाई सुम्पिन बाध्य भयो ।

१५ औं ओभरको पहिलो बलमा मकवानपुरका ओपनर गौरव श्रेष्ठ व्यक्तिगत ४५ रन बनाउदा आउट भए । अर्का ओपनर गोकुल अधिकारी २५ रन बनाउदै पेभिलियन फर्किए । त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन खासै सम्झनलायक रहेन । बलिङमा काठमाडौंका निश्चल श्रेष्ठ र सार्थक धितालले समान २ विकेट लिए । सुबिन हाडा, प्रतिक पण्डित र पवन कठायतले समान १ विकेट हात पारे । खेलको प्लेयर अफ द म्याच काठमाडौंका निश्चल श्रेष्ठ भए ।

अर्को चितवनले ललितपुरविरुद्ध रोमाञ्चक ५ रनको जित निकाल्यो । १ सय ४८ रनको विजय लक्ष्य पछ्याएको ललितपुर निर्धारित २५ ओभरमा १ सय ४२ रनमा रोकियो । दशौं ओभरको अन्तिम बलमा ४० रन जोड्दा सुरुआती ३ विकेट विकेट गुमाएको अवस्थामा ललितपुर दबाबमा आएको थियो ।

त्यसपछि हिमाल बोहोराले अर्धशतक प्रहार गर्दै ललितपुरलाई खेलमा फर्काउने कोसिस गरेका थिए । ४९ बल खेलेका उनले ४ चौका र १ छक्काको मद्दतमा ५६ रन बनाए । १९ औं ओभरको चौथो बलमा उनी दिपेश क्षेत्रीको बलमा बोल्ड हुदै पेभेलियन फर्किए । बलिङमा चितवनका सुमित शर्मा र विशाल खत्रीले समान २,सुगम सापकोटा र दिपेश क्षेत्रीले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले २५ ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १ सय ४७ रन बनायो । चितवनका कप्तान सुर्यान्शु कोइरालाले अर्धशतक बनाए । ५४ बल खेल्दै उनले ७ चौका र १ छक्कासहित ६३ रन जोडे । उनको जारी प्रतियोगितामा यो लगातार दोश्रो अर्धशतक हो । त्यस्तै विवस न्यौपानेले २० र ज्ञानु निउरेले १६ रन जोडे ।

बलिङमा ललितपुरका भार्गव खनाल एक्लैले ६ विकेट लिए । ५ ओभर बलिङ गरेका उनले ३१ रन खर्चिए । यस्तै निश्चल क्षेत्री, संगम सेढाइ र दिपेश शाहले समान १ विकेट हात पारे । ६ विकेट लिएका भार्गव खनाल खेलको प्लेयर अफ द म्याच चुनिए ।

चितवन र काठमाडौंबीच भोलि फाइनल हुनेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुबाट नै बागमती प्रदेशको यू १६ को टोली तयार पारिने बताइएको छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा प्रतियोगिता बैशाख ४ गतेदेखि संचालन भैरहेको छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.