3 years ago
April 20, 2023
एजेन्सी – साउदी अरेवियाले एसिसी प्रिमियर कपमा मलेसियालाई १ सय ५४ रनको मध्यम लक्ष्य दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदी अरेविया ४६.२ ओभरमा १ सय ५३ रनमा अल आउट भयो ।

साउदीका विकेटकिपर हसिब गाफुरले ७८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाए । अतिफ उर रहमान ३१ बलमा ३ चौकासहित १८ रनमा अविजित रहे । अन्तिम विकेटका लागि रहमान र गाफुरले ४४ रनको साझेदारी गरेका थिए ।
ओपनर अब्दुल वाहिदले ७२ बलमा २ चौकासहित ३६ रन बनाए । तीव्र गतिका बलर वाफिक इफरानले पहिलो ओभरको पाँचौं बलमै ओपनर वाकर उल हसनलाई दुईमा एलबीडब्लू आउट गरेका थिए । अर्का तीव्र गतिका बलर रिजवान हैदरले चौथो ओभरको पाँचौं बलमा इमरन आरिफलाई पाँच रनमा क्याच आउट गराए ।
रिजवानकै बलमा साद खान एक रनमा अनवार रिजवानबाट क्याच आउट भए । त्यसपछि स्पिनरले साउदीलाई धरासयी बनाएका थिए । स्पिनर अनवार रहमानको बलमा मोहम्मद हसन शेख २१ रनमा विरनदीपबाट क्याच आउट भए । विरनदीपले ३७ बलमा २ चौकासहित २१ रन बनाए ।

अब्दुल मनान अली ५ रनमा रहमानकै बलमा बोल्ड आउट भए । स्पिनर खिजार हायतले अब्दुल वाहिदलाई एलबीडब्लू आउट गरे । जैनुल अबिदीन ५ रनमा हायतकै बलमा एलबडब्लू आउट भए । अब्दुल वाहिद हायतकै बलमा बोल्ड भए ।
मलेसियाका खिजार हायतले १० ओभरमा १ मेडनसहित १३ रन खर्चेर ३ विकेट लिए । विरनदीप सिंहले १० ओभरमा १ मेडनसहित २६ रन खर्चेर १ विकेट लिए । मोहम्मद वाफिकले ४.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । रिजवान हैदरले ६ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । अनवार रहमानले ९ ओभरमा १ मेडनसहित ४० रन खर्चेर २ विकेट लिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]