default_image

1 year ago

April 20, 2023

बहराइनको विशाल योगफल

एजेन्सी – बहराइनले एसिसी प्रिमियर कपको पाँचौं खेलमा सिंगापुरलाई २ सय ८७ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बहराइनले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८६ रन बनायो । बहराइनका फैज अहमदले ५९ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए । ओपनर […]

88 views

0 Bookmark

एजेन्सी – बहराइनले एसिसी प्रिमियर कपको पाँचौं खेलमा सिंगापुरलाई २ सय ८७ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बहराइनले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८६ रन बनायो ।

बहराइनका फैज अहमदले ५९ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए । ओपनर शाहवाद बाडरले ९८ बलमा ८ चौका र १ छक्कासहित ७६ रन बनाए ।

अर्का ओपनर मोहम्मद युनिस २४ बलमा ५ चौकासहित २३, डेविड मथिस शून्य, सोहिल अहमद ४६ र कप्तान हैदर अली २९ रनमा आउट भए ।

एक समय ३२-२ को अवस्थामा पुगेको बहराइनलाई तेस्रो विकेटका लागि शाहजाद र सोहिलले १ सय ६ रनको सानदार शतकीय साझेदारी गरेका थिए । पाँचौं विकेटका लागि फैज अहमद र हैदर अलीले ६६ रनको साझेदारी गरेपछि विशाल योगफलको आधार तय गरेका थिए ।

सिंगापुरका रमेश कलिमुथु, थिलिपन र विनोथ भास्करणले समान दुई विकेट लिए । सिंगापुर पहिलो खेलमा हङकङसँग ८ विकेटले पराजित भएको थियो । बहाइनले पहिलो खेल खेल्दैछ । उता मुलपानी मैदानमा जारी खेलमा साउदी अरेवियाले मलेसियालाई १ सउ ५४ रनको मध्यम लक्ष्य दिएको छ ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.