3 years ago
April 20, 2023
राकेश तिमल्सिना, चितवन
भरतपुर मेयरकप बागमती प्रदेश यू-१६ क्रिकेटको उपाधि काठमाडौं जिल्लाले जितेको छ । काठमाडौंले बिहीबार फाइनल खेलमा घरेलु टोली चितवनलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।

निर्माणाधिन गौतमबुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा जितको लागि १ सय २२ रनको विजय लक्ष्य पछ्याएको काठमाडौंले २४.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । दुवै ओपनर सस्तैमा गुमाएको काठमाडौंको लागि मध्यक्रममा बुद्धिमान विष्ट र विरेन्द्रसिंह साउदले जितको आधार तय गरेका थिए ।
साउदले ३३ रन बनाए भने विष्टले ३२ रन बनाए । यस्तै काठमाडौंको जितमा निश्चल श्रेष्ठले नटआउट २० रनको योगदान गरे । चितवनका दिपेश क्षेत्री, सुगम सापकोटा, विशाल खत्री, अंकित झा र शिव भट्टराइले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २५ ओभरमा ८ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो । चितवनका लागि ओपनर अंकित झाले ४६ बलमा ६ चौका र २ चौकासहित सर्वाधिक ४१ रन बनाए। उनी पवन कठायतको बलिङमा बोल्ड हुदै पेभेलियन फर्किएकका थिए । यस्तै कप्तान सुर्यान्शु कोइरालाले १५ रन जोडे । २६ बल खेल्दै रन बनाउन संघर्ष गरिरहेका उनी निश्चल श्रेष्ठको बलमा बोल्ड भए ।
त्यसबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन एक अंकमा नै सिमित भयो । बलिङमा काठमाडौंका सुबिन हाडा र पवन कठायतले समान दुई विकेट लिए । सार्थक धिताल र प्रतिक पण्डितले समान एक विकेट लिए। फाइनल खेलको प्लेयर अफ द म्याच काठमाडौंका निश्चल श्रेष्ठ भए ।
त्यस्तै विधागतर्फ ब्याटर र बलरको पुरस्कार चितवनले पायो । चितवनका कप्तान सूर्यान्शु कोइराला उत्कृष्ट ब्याटर र विशाल खत्री उत्कृष्ट बलर चुनिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) काठमाडौंका निश्चल श्रेष्ठ चुनिए ।
प्रतियोगिताको विजेता टोलीलाई भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल र बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले संयुक्त रुपमा ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रतियोगिता भरतपुर महानगरपालिका र बागमती प्रदेश क्रिकेट संघको आयोजनामा वैशाख ४ गतेदेखि सुरु भएको थियो ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]