3 years ago
April 20, 2023
राकेश तिमल्सिना, चितवन
भरतपुर मेयरकप बागमती प्रदेश यू-१६ क्रिकेटको उपाधि काठमाडौं जिल्लाले जितेको छ । काठमाडौंले बिहीबार फाइनल खेलमा घरेलु टोली चितवनलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।

निर्माणाधिन गौतमबुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा जितको लागि १ सय २२ रनको विजय लक्ष्य पछ्याएको काठमाडौंले २४.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । दुवै ओपनर सस्तैमा गुमाएको काठमाडौंको लागि मध्यक्रममा बुद्धिमान विष्ट र विरेन्द्रसिंह साउदले जितको आधार तय गरेका थिए ।
साउदले ३३ रन बनाए भने विष्टले ३२ रन बनाए । यस्तै काठमाडौंको जितमा निश्चल श्रेष्ठले नटआउट २० रनको योगदान गरे । चितवनका दिपेश क्षेत्री, सुगम सापकोटा, विशाल खत्री, अंकित झा र शिव भट्टराइले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २५ ओभरमा ८ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो । चितवनका लागि ओपनर अंकित झाले ४६ बलमा ६ चौका र २ चौकासहित सर्वाधिक ४१ रन बनाए। उनी पवन कठायतको बलिङमा बोल्ड हुदै पेभेलियन फर्किएकका थिए । यस्तै कप्तान सुर्यान्शु कोइरालाले १५ रन जोडे । २६ बल खेल्दै रन बनाउन संघर्ष गरिरहेका उनी निश्चल श्रेष्ठको बलमा बोल्ड भए ।
त्यसबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन एक अंकमा नै सिमित भयो । बलिङमा काठमाडौंका सुबिन हाडा र पवन कठायतले समान दुई विकेट लिए । सार्थक धिताल र प्रतिक पण्डितले समान एक विकेट लिए। फाइनल खेलको प्लेयर अफ द म्याच काठमाडौंका निश्चल श्रेष्ठ भए ।
त्यस्तै विधागतर्फ ब्याटर र बलरको पुरस्कार चितवनले पायो । चितवनका कप्तान सूर्यान्शु कोइराला उत्कृष्ट ब्याटर र विशाल खत्री उत्कृष्ट बलर चुनिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) काठमाडौंका निश्चल श्रेष्ठ चुनिए ।
प्रतियोगिताको विजेता टोलीलाई भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल र बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले संयुक्त रुपमा ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रतियोगिता भरतपुर महानगरपालिका र बागमती प्रदेश क्रिकेट संघको आयोजनामा वैशाख ४ गतेदेखि सुरु भएको थियो ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]