3 years ago
April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले एसिसी प्रिमियर कपमा ओमानविरुद्ध आक्रामक अर्धशतक प्रहार गरेका छन् । कुशलले ३० बलमा ६ चौका र ४ छक्कासहित ५० रनमा क्रिजमा छन् । उनको ओडिआई करिअरको पाँचौं अर्धशतक हो ।

टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २९.३ ओभरमा ४ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको छ । आरिफ शेख ३८ बलमा २ चौकासहित २७ रनमा क्रिजमा छन् । पाँचौं विकेटका लागि आरिफ र कुशल मल्लले ६४ रनको साझेदारी गर्दै बलियो योगफलको सम्भावना कायमै राखेका छन् ।
नेपालको सुरुवात भने निकै खराब गरेको थियो । नेपालले पहिलो रन २८ औं बलमा जोडेको थियो । सुरुवाती २७ बल सम्म नेपालले दुबै ओपनर गुमाउँदा कुनैपनि रन जोडेको थिएन । नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई खाता नखोल्दै गुमाएको थियो ।

टियु एण्डबाट आएका तीव्र गतिका बलर बिलाल खानको बलमा कुशल एलबीडब्लू आउट भएका थिए । चोभार एण्डबाट आएका कलिमुल्लाहको चौथो ओभरको चौथो बलमा आसिफ शेख बोल्ड आउट भए । आसिफले १० र कुशलले ८ बल खेल्दा रन जोड्न सकेनन् ।
दुबै ओपनर खाता नखोल्दै आउट भएपनि तेस्रो विकेटका लागि रोहित र भीम सार्कीले ५४ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए । तर तीव्र गतिका बलर फैयज बटको १८ औं ओभरको पहिलो बलमा रोहित लेग साइडमा गाइड गर्न खोजेपनि टप एज लागेर प्वाइन्टमा कश्याप प्रजापतिबाट क्याच आउट भए । रोहितले ३४ बलमा २ चौकासहित २३ रन बनाए ।
भीम सार्की ३३ रनमा स्टम्पिङ आउट भए । भीम स्पिनर जिशान मकसुदको २१ औं ओभरको तेस्रो बलमा विकेटकिपर अदिल सफिकबाट स्टम्पिङ आउट भए । भीमले ५६ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]