3 years ago
April 24, 2023
एजेन्सी – ब्याटिङमा कमजोर प्रदर्शन गरेपनि उत्कृष्ट बलिङका साथ दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३४ औं खेलमा घरेलु टोली सनराइजर्स हैदराबादलाई ७ रनले हराएको छ । दिल्लीले दोस्रो जितका साथ प्लेअफ सम्भावना कायमै राखेकोछ ।

जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन मात्रै बनायो । हैदराबादलाई जितको लागि अन्तिम ६ बलमा १३ रन चाहिँदा तीव्र गतिका बलर मुकेश कुमारले पाँच रन खर्चिदै दिल्लीको जित पक्का गराए ।
हैदराबादका ओपनर मयंक अग्रवालले ३९ बलमा ७ चौकासहित सर्वाधिक ४९ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । उनी बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो गर्न सकेनन् । ओपनर ह्यारी ब्रुक १४ बलमा ७ रन बनाउँदै एनरिच नोर्कियाको बलमा बोल्ड आउट भएका थिए । तीव्र गतिका बलर ईशान्त शर्माले राहुल त्रिपाठीलाई १५ रनमा फिलिप साल्टबाट क्याच गराए ।
अभिषेक शर्मा ५ रनमा आउट भएका थिए । हेनरिक क्लासेन १९ बलमा ३ चौका र १ छक्कासहत ३१ रनमा आउट भए । वासिन्टन सुन्दर १५ बलमा ३ चौकासहित २४ रनमा नटआउट रहे ।
दिल्लीका अक्षर पटेलले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । कुलदीप यादवले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । ईशान्त शर्माले ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि हैदराबादमा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो । दिल्लीले खराब ब्याटिङलाई पुन निरन्तरता दियो । अक्षर पटेल र मनिष पाण्डेले समान ३४ रन बनाउन बाहेक अन्य कुनैपनि दिल्लीका ब्याटरको प्रदर्शन सम्झन लायक थिएन । अक्षरले ३४ बलमा ४ चौका र मनिषले २७ बलमा २ चौका प्रहार गरेका थिए ।
ओपनर फिलिप साल्ट डक आउट हुँदै इनिङको तेस्रो बलमै पेभेलिएन फर्केका थिए । दिल्लीले पृथ्वी शालाई अन्तिम १६ जनाको नाममै राखेको थिएन । आठौं ओभरमा स्पिनर वासिन्टन सुन्दरले तीन विकेट लिएपछि दिल्ली संकटमा पुगेको थियो ।
उक्त ओभरको दोस्रो बलमा कप्तान डेविड वार्नर २० बलमा २ चौका र १ छक्कासहित २१ रनमा ह्यारी ब्रुकबाट क्याच आउट भए । एक बलपछि शर्फराज खान ९ बलमा १ छक्कासहित १० रनमा आउट भए । अन्तिम बलमा अमान हाकिम खान ४ रनमा अभिषेक शर्माबाट क्याच आउट भएका थिए ।
मिचेल मार्श १५ बलमा ५ चौकासहित २५, रिपल पटेल ५ र एनरिच नोर्किया २ रनमा आउट भए । हैदराबादका तीव्र गतिका बलर भुवनेश्वर कुमारले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । वासिन्टन सुन्दरले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । टि नटराजनले एक विकेट लिए ।
दिल्ली ५ खेलमा २ मा जित र ५ मा हारसहित पुछारमा छ । हैदराबाद ७ खेलमा २ मा जित र २ मा हारसहित नवौं स्थानमा छ । चेन्नई ७ खेलमा ५ मा जित सहित १० अंकका साथ शीर्ष स्थानमा छ । समान ८ अंक भएपनि नेटरनरेटको कारण राजस्थान रोयल्स दोस्रो, लखनउ तेस्रो, गुजरात चौथो, बेंगलोर पाँचौं र पन्जाब छैटौं स्थानमा छन् ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]