default_image

9 years ago

January 5, 2017

पारसले टिम चौराहा धनगढीको नेतृत्व गर्ने

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सूदुपश्चिममा यसै बर्ष आयोजना हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा भाग लिने ६ टोली, तीनको कप्तान र मालिकको नाम बिहीबार सार्वजनिक गरिएको छ ।

6-captain

आउँदो चैत्र ५ गतेबाट सुरू हुने बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा सहभागी टिम, टिम मालिक र टिम कप्तानको घोषणा गरिएको छ । चैत ५ गते देखि आयोजना हुने डिपिएलमा ६ टोलीको सहभागिता रहने यसअघि नै जानकारी दिएपछि सहभागिता टोलीको नाम राजधानीमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

देशका विभिन्न छ वटा सहरको नाम टोलीको नाम राखिएको छ । जसमा सिवाइसी अत्तरिया, विराटनगर किङ्स, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक र टिम चौराहा धनगढी रहेका छन् । ६ टोलीलाई राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहित अन्य चर्चित खेलाडीले कप्तानी गर्नेछन् । जसमा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्ति गौचन, शरद भेषावकर र विनोद भण्डारीले कप्तानी गर्नेछन् ।

final-logo

राजकुमार श्रेष्ठले सञ्चालन गर्ने टिम चौराहा धनगढीको नेतृत्व राष्ट्रिय टोलीका कप्तान पारसले गर्नेछन् । ज्ञानेन्द्रले न्यू श्रृजनशील क्लबले सञ्चालन गर्ने टिम सिवाइसी अत्तरियाको नेतृत्व गर्नेछन् । महालक्ष्मी केबलको सञ्चालन गर्ने विराटनगर किङ्स शरदको नेतृत्वमा मैदान ओर्लनेछ ।

त्यस्तै, एसआर ग्रुपले सञ्चालन गर्ने रुपन्देही च्यालेन्जर्सले स्थानिय खेलाडी शक्तिको अगुवाइनमा चुनौति प्रस्तुत गर्नेछ । गोल्डेनगेट इन्टरनेशनल कलेज अन्तर्गत रहेको काठमाडौं गोल्डेन्सको कप्तानी वसन्तले गर्नेछन् । विनोदले कञ्चनपुर आइकोनिकअन्तर्गतको कञ्चनपुर टिमको नेतृत्व गर्नेछन् ।

आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगितामा सहभागि टोलीको कप्तान गोलप्रथाका आधारमा चुनिएको जनाइएको छ । ६ टोलीका अन्य खेलाडीको भने अक्सन गरिने बताइएको छ । अक्सन प्रक्रियामा सहजीकरण होस् भन्ने उद्देश्यले मुख्य राष्ट्रिय खेलाडीहरूलाई टिम सञ्चालकहरूको सहमतिमा गोलाप्रथाका माध्यमबाट टिममा राखिएको आयोजक डिसिएका अध्यक्ष सुवास शाहीले पत्रकार सम्मेलनलमा जानकारी दिएका छन् ।
उनले भने, ‘प्रत्येक टिमका कप्तानले प्रतियोगिता खेलेवापत १ लाख ५० हजार पारिश्रमिक पाउनेछन् । कप्तानबाहेकका खेलाडीहरूको हकमा भने तोकिएको न्यूनत्तम रकममा बढाबढ गर्दै टिममा समावेश गरिनेछ ।’
अक्सनमा सहभागी हुन चाहने खेलाडीका लागि आयोजकले यसअघि नै दर्ता प्रक्रिया सुरु गरिसकेको छ । २ सय १७ खेलाडीले प्रतियोगिताका लागि नाम दर्ता गराइसकेको आयोजकले जानकारी दिए । नाम दर्ता भएका खेलाडीलाई चार समूहमा विभाजन गरेर अक्सनमा शनिबार गराइने आयोजक डिसिएका अध्यक्ष शाहीले बताए । ‘प्रतियोगितामा खेलाडी दर्ताका लागि हामीले निश्चित रकम फाराम शुल्क वापत लिएका हौंं,’ शाहीले भने, ‘अक्सनमा नपर्ने खेलाडीको हकमा दर्ता शुल्क फिर्ता गर्नेछौं ।’
नेपाल क्रिकेट प्लेयर एसोसियसनको सहकार्यमा दर्ता भएका खेलाडीहरूलाई चार तहमा विभाजन गरिएको छ । पहिलोदेखि चौथो तहका लागि क्रमशः ५० हजार, ३० हजार, २५ हजार र २० हजारबाट बढाबढ सुरु हुनेछ ।
झन्डै १ करोड ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले १५ लाख, दोस्रो हुने टोलीले ७ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै म्यान अफ दी सिरिजले मोटरसाइकल पाउनेछन् भने हरेक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

sagarmatha-cement-dpl-team-captain-owner
डिपिएल टि–२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको बिजेता फाइनल पुग्नेछ । पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको बिजेतासँग फाइनल प्रवेशको लागि पुनः प्रतिस्पर्धा गर्नेछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.