2 years ago
April 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपमा समूह चरणका मात्रै चार खेल बाँकी रहँदा सेमिफाइनलमा स्थान पक्का गर्ने नेपाल एकमात्रै टोली बनेको छ । १० टोली सहभागी प्रतियोगितामा हरेक समूहमा पाँच पाँच टोली छन् । समूह चरणका १६ खेल सकिँदा सेमिफाइनलमा स्थान बनाउने घरेलु टोली नेपाल एक्लो टोली हो ।
प्रतियोगिता सेमिफाइनल दौडबाट समूह ए बाट मलेसिया, कतार र समूह बी बाट सिंगापुर बाहिरएका छन् । नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै शीर्ष स्थानमा छ । अन्तिम खेलमा नेपालले बिहीबार कतारसँग खेल्नेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले पराजित गर्दा साउदीसँग वर्षाको कारण अंक बाँडेको थियो ।
अन्तिम खेलमा कतारसँगको नतिजाले नेपाल समूह विजेता हुने वा उपविजेता हुने निर्धारण गर्नेछ । समूह ए बाट अव साउदी अरेविया र ओमान मध्य एक टोली सेमिफाइनलमा स्थान बनाउनेछन् । बुधबार ओमान र साउदीबीच टियुमा प्रतिस्पर्धा हुनेछ। विजेता टोली सेमिफाइनलमा स्थान बनाउँदा पराजित टोली बाहिरिनेछ।
ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । साउदी ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै चौथो स्थानमा छ । मलेसिया ४ खेलमा २ मा जित र २ मा हारका साथ ४ अंक जोड्दै दोस्रो स्थानमा रहेर बाहिरिएको छ । कतार तीनै खेलमा पराजित हुँदै बाहिरिएको छ ।
समूह बी मा हङकङ ३ खेलमा ५ अंकका साथ शीर्ष स्थानमा छ । हङकङले अन्तिम खेल बिहीबार कुवेतसँग खेल्नेछ । कुवेत ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ । हङकङ र कुवेतबीचको खेल क्वाटरफाइनल सरह हुनेछ । विजेता टोली सेमिफाइनलमा पुग्नेछ ।
उता युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । बहराइन ३ खेलमा १ मा जित र १ मा हारसहित ३ अंकका साथ चौथो स्थानमा छ । बहराइन र युएईबीच बुधबार मुलपानीमा प्रतिस्पर्धा हुनेछ । यस खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ । त्यसैले नेपाल बाहेक अन्य कुनैपनि टोलीले सेमिफाइनलमा स्थान बनाउन सकेका छैनन् ।
बुधबार टियुमा साउदी र ओमानबीच प्रतिस्पर्धा हुनेछ । मुलपानीमा युएई र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछन् । बिहीबार टियुमा नेपाल र कतारबीच प्रतिस्पर्धा हुनेछ । मुलपानीमा हङकङ र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नेछ । सेमिफाइनल शनिबार हुनेछ । फाइनल सोमबार हुनेछ । प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ ।
शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । इमर्जिङ टिप्समा एसियाका टेस्ट टोलीका यू-२३ टोलीको सहभागिता रहनेछ । एसिया कप सेप्टेम्बरमा पाकिस्तान र इमर्जिङ टिम्स एसिया कप जुलाईमा हुनेछ।
अंक तालिका
समूह ए मा नेपाल ३ खेलमा २ मा जित र एक खेलमा अंक बाँड्दै ५ अंकका साथ शीर्ष स्थानमा छ । मलेसिया ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेर बाहिरियो । साउदी र ओमानले एक अर्कासँग खेल्न बाँकी हुँदा मलेसिया बाहिरिएको हो । यी दुई मध्य एक टोलीले कम्तिमा पाँच अंक ल्याउने पक्का छ ।
ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । साउदी ३ खेलमा १ मा जित, १ मा हार १ खेलमा अंक बाँड्दै ३ अंकका साथ चौथो स्थानमा छ । कतार ३ खेलमा जित विहीन हुँदै पुछारमा रहेर बाहिरिएको छ ।
समूह बी मा हङकङ ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ ।
कुवेत ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमाछ । बहराइन ३ खेलमा १ मा जित, १ खेलमा हार र १ खेलमा अंक बाँड्दै ३ अंकका साथ चौथो स्थानमा छ । सिंगापुर सबै खेलमा जित विहीन हुँदै बाहिरिएको छ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम विदुर मेयर कप अन्तर वडा टि-२० प्रतियोगिताको उपाधि वडा नम्बर-३ ले जितेको छ । उपाधि सहित विजेता वडा नम्बर-३ ले ५० हजार रुपैयाँ तथा उपविजेता वडा नम्बर-४ ले २५ हजार रुपैयाँ प्राप्त गर्यो । नुवाकोट स्थित पिपलटार क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नम्बर-३ ले वडा नम्बर-४ लाई १०५ रनको […]
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्कटल्याण्ड भम्रण शुक्रवार सकिएको छ। टोली आइतवार बिहान स्वदेश आइपुग्ने बताइएको छ। नेपाली टोलीको यसपटकको भ्रमण मिश्रित रह्यो । नेपालले स्कटल्याण्डमा खेलेको विश्व कप लिग टु र टि ट्वान्टी आई सिरिजमा खेलेको ८ मध्ये ५ खेलमा जित निकालेको थियो । युरोपमा नेपालको यो नतिजालाई राम्रो मान्न सकिन्छ […]
June 21, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डसँगको पहिलो टेस्टको पहिलो इनिङमा भारतले बलियो योगफल तयार गरेको छ । पहिलो इनिङमा भारतले कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको छ । पछिल्लो क्रममा घरेलु टोलीले बलिङमा पुनरागमन गरेको थियो। कप्तान गिल २ सय २७ बलमा १९ चौका र १ […]