default_image

3 years ago

April 27, 2023

करण नेपालको बेन्चमा

241 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपमा समूह ए को अन्तिम खेलमा कतारविरुद्ध टोलीमा एक परिवर्तन गरेको छ । घरेलु मैदान टियु क्रिकेट मैदान कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले टस हारेपछि पहिला  ब्याटिङ केहि बेरमा गर्नेछ । नेपालले ओमानसँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर करण केसीलाई नेपालले विश्राम दिएको छ ।

नेपालले आजको खेलमा गुलशन झालाई मौका दिएको छ । टोलीमा अन्य भने परिवर्तन गरेको छैन । नेपालले सेमिफाइनल अघि करणलाई विश्राम दिएको हो । नेपालले ज्ञानेन्द्र मल्ल र प्रतिश जि.सी बेन्चमा राखेको छ ।

घरेलु टोली नेपाल कतारलाई हराउँदै अपराजितका साथ समूह विजेता बन्दै सेमिफाइनलमा खेल्ने लक्ष्यका साथ मैदान उत्रनेछ । नेपाल ३ खेलमा २ मा जित र १ मा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ । कतार तीनै खेलमा जित विहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले हराउँदा साउदीसँग वर्षाको कारण अंक बाँडेको थियो ।

उता कतार ओमानसँग ४० रन, साउदीसँग ७ विकेट र मलेसियासँग ३ विकेटले पराजित भएको थियो । नेपाल यस खेलमा विजयी भएमा वा कुनै कारण अंक बाँडेमा समूह विजेता बन्नेछ । ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.