default_image

9 years ago

January 5, 2017

वेस्टर्न क्रिकेट एकेडेमी सुपर ओभरमा विजयी

168 views

0 Bookmark

राकेश तिमल्सिना
चितवन – चौथो क्याची एसएसपी कप क्रिकेट प्रतियोगितामा बिहीबार बुटवलको वेस्टर्न क्रिकेट एकेडेमी र काठमाडौँको क्यापिटल कलेज विजयी भएका छन् ।

ssp-1
विशाल चोकको नौ बिगाहा मैदानमा भएको पहिलो खेलको छिनोफानो सुपर ओभरबाट भएको थियो । ९१ रनको विजय लक्ष्य पछ्याएको बुटवलले निर्धारित ओभरमा ९० रन मात्र बनाउन सक्यो ।
बुटवलका लागि बिक्रम भुषालले २१ र भुवन पाण्डेयले १९ रन बनाए । सुपर ओभरमा २० रनको लक्ष्य पछ्याएको हेटौँडा सिटीले ५ रन बनाएपछि १४ रनले पराजित भयो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हेटौँडा सिटीले निर्धारित १६ ओभरको खेलमा १५.२ ओभरमा ९० रन बनाएको थियो । हेटौँडाका लागि रवि थापाले सर्वाधिक २० रन बनाए । बलिङतर्फ शाहा आलमले ४ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका शाहा आलम खेलको म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै, अर्को खेलमा काठमाडौँको क्यापिटल कलेजले धनगढीको सुदूर पश्चिम एकेडेमीलाई ७८ रनले हरायो । समूहको दुबै खेल हारेको धनगढी प्रतियोगिताबाट बाहिरिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको क्यापिटलले विष्फोटक ब्याटिङ गर्दै निर्धारित १८ ओभरमा २ सय ४ रनको विशाल योगफल तयार पारेको थियो । क्यापिटलको जितमा दीलिपनाथले सर्वाधिक ८० रन बनाए । ४९ बल खेलका उनले ७ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै, प्रनित थापाले ५६ र कुशल भुर्तेलले २५ रन जोडे । बलिङतर्फ धनगढीका महेश अधिकारीले २ विकेट लिए ।
२ सय ४ रनको विशाल लक्ष्य पछ्याएको धनगढीले १८ ओभरमा ८ विकेट गुमाएर १ सय २५ रनमात्र बनाउन सक्यो । धनगढीका रोशन अधिकारीले २७ र विपिन रावलले २४ रन बनाए । बलिङतर्फ क्यापिटलका अमरसिंह रटौलाले ४ विकेट लिए । अर्धशतकीय पारी खेलेका क्यापिटलका दीलिपनाथ म्यान अफ द म्याच घोषित भए ।

क्याची एसएसपी कपमा शुक्रबारको
न्यु होराइजन क्रिकेट एकेडेमी, भैरहवाविरुद्ध ग्रेस वीरेन्द्र भरतपुर
काठमाडौँको क्यापिटल कलेजविरुद्ध भरतपुरको नेपाल पोलिटेक्निक कलेज

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.