default_image

1 year ago

April 29, 2023

करणको पाँच विकेटसँगै जित नजिक नेपाल

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीको पाँच विकेटसँगै नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतविरुद्ध सानदार बलिङका साथ जिततर्फ अघि बढेको छ । जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण रोकिएको छ।

नेपाललाई तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पाँचौं बलमा पहिलो सफलता दिलाएका थिए । ओपनर आदनान इद्रिस एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भए ।

दोस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले अर्का ओपनर परविन्दर कुमारलाई एक रनमा एलबीडब्लू आउट गरे । करण केसीको तेस्रो ओभरको चौथो बलमा मिडअनमा ललित नारायण राजवंशीले एक हातले उत्कृष्ट क्याच लिएपछि कुवेत ११–३ को दयनीय अवस्थामा पुगेको थियो ।


करण केसीको पाँचौं ओभरको पाँचौं बलमा ओपनर रविजा सनदरुवान डीप स्क्वायर लेगमा दीपेन्द्रसिंह ऐरीबाट ९ रनमा क्याच आउट भए । करण केसीले नै शिराज खानलाई ३ रनमा क्याच गराएपछि कुवेत ६.३ ओभरमा २२-५ को दयनीय अवस्थामा पुगेको थियो ।

करणले कप्तान मोहम्मद अस्लामलाई १४ रनमा क्याच गराउँदै ब्यक्तिगत पाँच विकेट पूरा गरेका छन् । करणले ४.३ ओभरमा १ मेडनसहित १० रन खर्चेर ५ विकेट लिएका छन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । वर्षाको कारण ओभर ८–८ घटाइएको थियो ।

डकवर्थ लेविस पद्धतिको आधारमा एक रन लक्ष्यमा घट्न पुगेको थियो । नेपालका कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ९४ रन बनाए ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.